बुधबार, असार ३१, २०८३

एनआरटीलाई चुनौती दिँदै एपीएफ, पहिलो जितको खोजीमा सरस्वती

 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) दुई खेल हुँदैछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले विभागीय टोली एपीएफ प्रतिस्पर्धा गर्दैछन्।

एनआरटी एपीएफविरुद्ध अंक खोस्ने रणनीतिमा छ। यता, एपीएफ पनि एनआरटीलाई हराएर अंकतालिकामा माथि उक्लने दाउमा छ। यस्तोमा दुवै टोलीबीच कडा टक्कर हुने देखिन्छ।

अंकतालिकामा एनआरटी ८ अंकसहित आठौं स्थानमा छ । उसले ३ खेलमा जित, २ मा हार र १ मा बराबरी खेलेको छ।

एपीएफ भने ५ अंकसहित पुछारबाट तेस्रो (बाह्रौं) स्थानमा छ। उसले जारी सिजनमा १ खेलमा जित, ३ मा हार र २ मा बराबरी खेलेको छ।

यस्तै, दिउँसो ३ बजे हुन लागेको दोस्रो खेलमा पुछारका दुई टिम भिड्दैछन्। जारी सिजनमा एक मात्रै जित निकालेको फ्रेन्ड्स र जितविहीन सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्न लागेका हुन्।

यस्तोमा फ्रेन्ड्स खेल जितेर अंकतालिकामा माथि उक्लने दाउमा छ। यता, सरस्वती पनि आफ्नो जितको खाता खोल्ने रणनीतिमा देखिन्छ।

जारी सिजनमा फ्रेन्ड्स ५ अंकसहित तालिकाको पुछारबाट दोस्रो (तेह्रौं स्थान)मा छ भने १ अंक मात्रै बटुलेको सरस्वती पुछार (चौधौं स्थान)मा छ।

फ्रेण्ड्स पाँच अंकसहित तालिकाको १२ औं स्थानमा छ।

प्रकाशित: Jan 19, 2020| 08:38 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।