बुधबार, असार ३१, २०८३

मनाङ मर्स्याङ्दी र थ्री स्टारको बराबरी

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबले बराबरी खेलेका छन्।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबले बराबरी खेलेका छन्।  

शनिबार सम्पन्न सातौं चरणको खेलमा दुवै टिमले २–२ को बराबरी खेलेका हुन्।

मनाङ मर्स्याङ्दीका लागि अन्जन विष्ट र थ्री स्टारका लागि लाल राममार्भाले समान दुई गोल गरे।

खेलको १९ औं मिनेटमा थ्री स्टारले अग्रता लियो। त्यसपछि खेलको ४९ औं मिनेटमा मनाङ मर्स्याङ्दीले खेल बराबरीमा ल्यायो। त्यसको २० मिनेटपछि पुनः मनाङले गोल गर्दै टिमको अग्रता २–१ बनायो। त्यसपछि खेलको ८३ औं मिनेटमा थ्री स्टारले बराबरी गोल फर्कायो।

बराबरीपछि मनाङ मर्स्याङ्दी अंकतालिकामा तेस्रो स्थानमा यथावत छ। ७ खेलबाट १३ अंक बटुलेको मनाङले ३ मा जित र ४ मा बराबरी खेलेको छ।

यता थ्री स्टारले भने अंकतालिकामा एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेको छ। ७ खेलबाट ११ अंक हासिल गरेको थ्री स्टारले ३ मा जित, २ मा हार र २ मा बराबरी खेलेको छ।

अंकतालिकामा त्रिभुवन आर्मी १३ अंकसहित शीर्षमा रहँदा समान अंक बटुलेको मछिन्द्र क्लब दोस्रोमा छ। यी दुवै टिम गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दीभन्दा अघि रहेका हुन्।

 

प्रकाशित: Jan 18, 2020| 17:03 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।