बिहीबार, असार ३२, २०८३

त्रिभुवन आर्मीलाई एमएम कपको उपाधि

मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काठमाडौं– मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

सुनसरीको इनरुवा क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो।
१८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपाल पुलिस २४.४ ओभरमा ९९ रनमा समेटियो।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको त्रिभुवन आर्मी क्लबले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। त्रिभुवन आर्मीका लागि विनोद भण्डारीले सर्वाधिक ४० रनको योगदान दिए। ६६ बल खेलेका उनले आफ्नो पारीमा ४ चौका प्रहार गरे।

यस्तै, राजेश पुलामीले ३१, प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले २२, विक्रम शोवले १५, कुशल मल्लले १३ र रोहित पौडेलले ११ रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र सागर ढकालले समान ३ विकेट लिए। पवल शर्राफले एक विकेट चट्काए।

प्रकाशित: Jan 18, 2020| 16:19 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।