बुधबार, असार ३१, २०८३

तेस्रो जितसँगै पुलिस अंकतालिकाको चौथो स्थानमा

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले तेस्रो जित निकालेको छ।
 |  शनिबार, माघ ४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ४, २०७६

काडमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले तेस्रो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई २–० ले पराजित गर्याे।

खेलको २७ औं मिनेटमा सुजन राईले डि बक्स भित्रबाट हेडमार्फत गोल गर्दै टिमलाई १–०को अग्रता दिलाए। त्यसपछि पहिलो हापमा कुनै पनि टिमबाट गोल हुन सकेन।

दोस्रो हाफमा सुरुवातमै पुलिसले अग्रता दोब्बर बनायो। खेलको ४८ औं मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले फ्रि किकमार्फत गोल गरे।

जितसँगै पुलिस अंकतालिकामा तीन स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ। पुलिसको ११ अंक छ। यसअघि पुलिस सातौं स्थानमा थियो। जारी सिजनमा पुलिसले ७ खेलमध्ये ३ मा जित, २ मा हार र २ मा बराबरी खेलेको छ।

उता जावलाखेल एक स्थान तल झर्दै छैटौंमा पुगेको छ। जाउलाखेलले ७ खेलमध्ये २ मा जित, ३ मा बराबरी र २ मा हार व्यहोरेको छ।

प्रकाशित: Jan 18, 2020| 14:26 शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।