शनिबार, कात्तिक २९, २०८२

गायक कृष्ण समीपको ‘चल न माया चल’ सार्वजनिक (भिडियो)

चर्चित गायक कृष्ण समीप सुवेदीको ‘चल न माया चल’ गीत सार्वजनिक भएको छ।
 |  शुक्रबार, माघ ३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३, २०७६

काठमाडौं- चर्चित गायक कृष्ण समीप सुवेदीको ‘चल न माया चल’ गीत सार्वजनिक भएको छ। शुक्रबार गायक समीपको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो।

National life

नेपालको सांस्कृतिक विविधतालाई ‘फ्युजन’ गरेर तयार पारिएको चल्न माया चल गीत सार्वजनिक गरिएको हो।

गीतमा विभिन्न क्षेत्रको सांस्कृतिक परम्परा र परम्परागत शब्दहरुलाई समेट्ने प्रयास गरिएको उक्त गीतका शब्द संकलक र संगीतकारसमेत रहेका गायक समीपले बताए।

यसअघि पनि विभिन्न क्षेत्रमा पुगेर त्यहाँका भाकाहरुलाई फ्युजन गरी आफ्नो एल्बममा प्रस्तुत गर्ने गरेका समीपले यसपटक गीतको बोलमा नै सुदूरपश्चिममा प्रयोग हुने भाषालाई प्रधानता दिएका छन्।

सुदूरपश्चिम क्षेत्रमा ‘चल न माया चल’ को अर्थ जाउँ न माया जाउँ हुने उनले बताए।

Laxmi sunrise bank
kumari

थुप्रै चर्चित गीतहरुका सर्जकसमेत रहेका कृष्ण समीपको ‘शिरशिर बतास, मेरो हितैको मायालु कुन्नी कता छ’ गीत अझै पनि धेरैको स्मरणमा रहेको छ।

रागा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको चल न माया चल गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ।

त्यस्तै म्युजिक भिडियोमा सुन्दर र जुना सुन्दासलाई फिचरिङ गरिएको छ भने सन्तोष राजबाहकको निर्देशन छ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

 

प्रकाशित: Jan 17, 2020| 15:49 शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्