मंगलबार, भदौ २, २०८३

२६ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा शिशु

पोखराको मणिपाल अस्पतालमा २६ वर्षीया महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छिन्।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

पोखरा- पोखराको मणिपाल अस्पतालमा २६ वर्षीया महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छिन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की सुनिता पौडेल प्रधानले आज बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्। अस्पतालका चिकित्सक डा. महेन्द्र पाण्डे नेतृत्वको टोलीले सल्यक्रियामार्फत सकुशल चार शिशुलाई बाहिर निकालेको हो।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन्। डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ। तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ। यसअघि पौडेलका एक छोरा छन्।

प्रकाशित: Jan 16, 2020| 15:32 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।