मंगलबार, भदौ २, २०८३

अब नेपालमै बसभित्रै डिजे र बार, पार्टी पनि गर्न सकिने

स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ ।

बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको हो । रियल इकोनोमिक सस्टेनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले हालै उक्त बस भित्र्याइएको थियो ।

मनोरञ्जनको अतिरिक्त सुविधा चाहने पर्यटकलाई लक्षित गर्दै पार्टी बस सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अशोक शर्माले राससलाई जानकारी दिए ।

पर्यटकका लागि फरक सुविधा तथा जन्मदिनको पार्टीलाई मध्यनजर गरी ल्याइएको पार्टी बसका निश्चित क्षेत्र निर्धारण गरिने र ट्राफिक नियमअनुसार सञ्चालन गरिने उनको भनाइ छ ।

एक साताभित्रै पार्टी बस काठमाडौँमा व्यावसायिक रूपमा सञ्चालन गरिनेछ । भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिललाई पार्टी गर्न मिल्ने थलोका रुपमा परिमार्जन गरिएको छ । बसभित्र सिट हुँदैन ।

सोफा शैलीमा दुईतिर काउच राखिएको छ । यस वसमा एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार रहेको छ । बसको अघिल्तिर डिजेले सङ्गीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिनेछ ।

निर्देशक शर्माका अनुसार यो पार्टी बसको प्रतिबस रु साढे तीन करोड पर्छ । परियोजनाका लागि रु सात करोडभन्दा बढी लगानी गरिएको छ ।

एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयोग गर्न रु एक हजार प्रवेश शुल्क पर्छ । विशेषगरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त हुनेछ ।

नेपाल भ्रमण वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पार्टी बस क्रमशः अन्य पर्यटकीय गन्तव्यमा पनि लैजाने कम्पनीको योजना छ । ग्राहकलाई मनोरन्ञ्जन र रमाइलो वातावरणमा विभिन्न पर्यटकीय गन्तव्यमा पु¥याउने उद्देश्यसहित सेवा शुरु गरिएको निर्देशक शर्माको भनाइ छ ।

इन्टेरियर डिजाइन, कलर, लाइट्स, म्युजिक र गुणस्तर सेवा पार्टी बसको मुख्य आकर्षण हुन् । बसमा आधुनिक प्रणालीबाट सुसज्जितका साथै सुरक्षाका सबै मापदण्डलाई ध्यान दिइएको छ । रासस

प्रकाशित: Jan 15, 2020| 09:07 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।