मंगलबार, भदौ २, २०८३

मासिक सवा ३ करोडको विद्युत् चोरी

विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले विद्युत् वितरण गर्ने क्षेत्रमा अहिले पनि मासिक सवा ३ करोड रुपैयाँबराबरको विद्युत् चोरी हुने गरेको छ । यो चोरी गत वर्षको तुलनामा २ प्रतिशतमात्र कम हो ।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

भैरहवा । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले विद्युत् वितरण गर्ने क्षेत्रमा अहिले पनि मासिक सवा ३ करोड रुपैयाँबराबरको विद्युत् चोरी हुने गरेको छ । यो चोरी गत वर्षको तुलनामा २ प्रतिशतमात्र कम हो ।

विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झाका अनुसार आर्थिक वर्ष ०७५–०७६ मा १२.९ प्रतिशत विद्युत् चुहावट भएकोमा चालू आवमा उक्त दर १०.९ प्रतिशत छ ।

०७६ साउनदेखि मंसिर मसान्तसम्मको तथ्यांक अनुसार एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको छ । प्रतिमहिना सवा तीन करोडबराबरको विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणका प्रमुख झाले भने, ‘गत साउनमा ७९ लाख युनिट विद्युत् चुहावट भएको थियो । त्यो दर मंसिरमा घटेर १५ लाख युनिटमा पुगेको छ ।’

बाइपास मिटर गरेका ४५ जना र हुकिङ कार्यमा संलग्न ५ जना गरी ५० जनालाई कारबाही गरिएको झाले बताए । भैरहवा लुम्बिनी र धकधई क्षेत्रमा मासिक आयात २ करोड ५६ लाख १२ हजार युनिट रहेको छ भने बिक्री २ करोड ३९ लाख ८९ हजार युनिट रहेको छ । भैरहवा वितरण केन्द्रबाट धकधई, लुम्बिनी र भैरहवा क्षेत्रका ७२ हजार ग्राहकलाई विद्युत् वितरण भइरहेको छ ।

प्रकाशित: Jan 14, 2020| 10:39 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।