शनिबार, कात्तिक २९, २०८२

अक्षयकुमारसँग पहिलो पटक स्क्रिन सेयर गर्दै मृणाल

बलिउड अभिनेत्री मृणाल ठाकुर चर्चित अभिनेता अक्षयकुमारसँग पहिलोपटक चलचित्रमा स्क्रिन सेयर गर्दैछिन्।
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं– बलिउड अभिनेत्री मृणाल ठाकुर चर्चित अभिनेता अक्षयकुमारसँग पहिलोपटक चलचित्रमा स्क्रिन सेयर गर्दैछिन्।

National life

भारतीय समाचार एजेन्सी ‘बलिउड हंगामा’का अनुसार उनी ‘बेल बटम’ चलचित्रमा अक्षयकुमारको अपोजिट रोलमा देखिनेछिन्। यसबारे उनीसँग कुराकानी चलिरहेको निर्माण पक्षले जनाएको छ।

मृणालले गत वर्ष ‘सुपर ३०’ र ‘बाटला हाउस’ चलचित्रमा अभिनेत्रीको भूमिका निभाएकी छन्।

‘बेल बटम’ को घोषणा गत नोभेम्बरमा भएको थियो। अक्षयकुमारले ‘बेन बटम’को फर्स्ट लुक सार्वजनिक गर्दै चलचित्र जासुसको कहानीमा आधारित रहेको बताएका छन्।

चलचित्र निर्माण जैकी भगनानी तथा निखिल आडवाणी गर्नेछन् । यस्तै, चलचित्र निर्देशन भने रंजित तिवारीले गर्ने भएका छन्।

Laxmi sunrise bank
kumari

एजेन्सी

प्रकाशित: Jan 14, 2020| 10:14 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्