मंगलबार, भदौ २, २०८३

कार दुर्घटनामा गायक निशान भट्टराईको मृत्यु

गायक निशान भट्टराईको कार दुर्घटनामा परेर मृत्यु भएको छ । आफैले चलाएको कार
 |  मंगलबार, पुस २९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०७६

काठमाडौं- गायक निशान भट्टराईको कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

आफैले चलाएको कार काठमाडौंको तीनकुनेमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । साेमबार राति दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा उनको कार अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

गायक भट्टराईलाई गम्भीर अवस्थामा प्रहरीले उद्धार गरि उपचारका लागि ट्रमा सेन्टर लगेको थियो । उनको ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गायक भट्टराईको ‘कामनाले भरिएको...’ पहिलो गीत हो । यस्तै ‘माया गर माया गर’ ‘हेर धर्ती’ लगायतका गीत लोकप्रिय थिए । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्टराईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।

गायक निशान भट्टराई ०४६ सालमा पनि ठूलो दुर्घटनामा परेका थिए । उनी गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रकाशित: Jan 14, 2020| 08:19 मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।