शनिबार, चैत ११, २०७९

बीपीका चिकित्सक फेरि आन्दोलित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक फेरि आन्दोलित भएका छन् ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

विराटनगर– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक फेरि आन्दोलित भएका छन् । प्रतिष्ठान शुद्धीकरणको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने घोषणा गरेका छन्।

National life insurance

प्रतिष्ठान सुधारका लागि गरेको आन्दोलन ८२ दिन कट्दा पनि सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै काम बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए ।

सरकारले पटकपटक उच्चस्तरीय समिति बनाउने, समितिले प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता भएको प्रतिवेदन सरकारलाई दिने तर सरकारी पक्षले कारबाही नगरेको भन्दै अर्को चरणको आन्दोलनमा होमिएको संघर्ष समितिको भनाइ छ ।

कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बित्न लागेको छ । प्रतिवेदनले चारै जना पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो । सरकारले आन्दोलनरत पक्षसँग ६ बुँदे सहमति गर्दै पदाधिकारीहरूलाई पदमुक्त गर्ने भने पनि कार्यान्वयन भएको छैन ।

चिकित्सकले स्वास्थ्य सेवा छाड्दा दैनिक रुपमा ३ हजार सर्वसाधारणले पाउने ओपिडी सेवा, २० जना हाराहारीमा हुने दैनिक शल्यक्रिया सेवालगायतका स्वास्थ्य सेवाबाट विरामी वञ्चित हुनेछन् ।

worldlink

प्रकाशित: Sep 04, 2021| 06:42. 36 शनिबार, भदौ १९, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।