शनिबार, चैत ११, २०७९

नेकपा (एमाले) मोरङ जेठ २ मै फर्कियो

नेकपा (एमाले) मोरङ ०७५ जेठ २ को अवस्थामा फर्किएको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

विराटनगर– नेकपा (एमाले) मोरङ ०७५ जेठ २ को अवस्थामा फर्किएको छ।

National life insurance

पार्टी पुरानै अवस्थामा फर्किएपछि अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल लगायतको पुरानै जिल्ला कमिटी क्रियाशिल भएको छ। यसअघि अध्यक्ष ढकाल एमाले प्रदेश १ सचिव, सचिव पोखरेलले एमाले मोरङ अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

शनिबार विराटनगरमा बसेको सचिवालय बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काइएको मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए । 

सचिवालय बैठकले १० बुँदेलाई शनिबारबाटै पालिकाका वडास्तर सम्म कार्यन्वयनमा लैजाने निर्णय गरेको छ । मोर्चा विभाग प्रमुख खतिवडाले भने,‘ पार्टीलाई मूलभूत रुपमा जेठ २ मा फर्काउने र त्यही अनुसारको कमिटीहरु क्रियाशिल गरिने भएको छ ।’ 

सचिवालय बैठकले आगामी असोज मसान्त सम्म पार्टी सदस्यता नविकरण गरिसक्ने र कात्तिक ६ र ९ गते वडा र पालिका अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।  

worldlink

सचिवालय बैठकका एमाले सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, पोलिटव्युरो सदस्य लालबाबु पण्डित, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, गुरु बराल, शिवमाया तुम्वाहाम्फे लगायतको सहभागिता रहेको थियो । 

मोरङबाट १० बुँदे कार्यन्वयनको शुरुवात भएको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताए । अन्य जिल्लामा पनि पार्टी पुरानै अवस्थमा फर्किएर क्रियाशिल बन्ने उनले बताए ।

प्रकाशित: Sep 04, 2021| 05:42. 02 शनिबार, भदौ १९, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।