बुधबार, चैत १५, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • भारतीय पक्ष र गृह मन्त्रालयलाई पत्राचार गरेपछि सीमामा उड्‌न छाडे भारतीय हेलिकोप्टर

भारतीय पक्ष र गृह मन्त्रालयलाई पत्राचार गरेपछि सीमामा उड्‌न छाडे भारतीय हेलिकोप्टर

अनुमति नलिई भारतीय हेलिकोप्टरले नेपालको सुदूरपश्चिम सीमा क्षेत्रमा उडान गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई जानकारी गराएको छ।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

काठमाडौं– अनुमति नलिई भारतीय हेलिकोप्टरले नेपालको सुदूरपश्चिम सीमा क्षेत्रमा उडान गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई जानकारी गराएको छ। 

National life insurance

प्रशासनले गृहलाई जानकारी गराएपछि भारतीय हेलिकोप्टर नेपालको सीमा क्षेत्रमा उड्न छाडेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएका छन्। जोशीका अनुसार भारतीय हेलिकोप्टर नेपाली आकाशमा बुधबार र बिहीबार उडेको थियो। प्रजिअ जोशीले भने, ‘अनुमति बिना हाम्रो आकाशमा भारतीय हेलिकोप्टर उडेपछि हामीले भारतीय पक्षलाई र गृह मन्त्रालयलाई पत्राचार गरेका थियौं। दुवै पक्षलाई जानकारी गराएपछि हेलिकोप्टर उडान रोकिएको छ।’ 

उनका अनुसार भारतीय पक्षलाई पठाइएको पत्रमा अनुमति बिना नेपाली आकाशमा हेलिकोप्टर उडान किन गरेको भनेर प्रश्न गर्दै त्यसलाई तत्काल रोक्‍न आग्रह गरिएको थियो। त्यसैगरी गृह मन्त्रालयलाई पठाएको पत्रमा भने भारतीय हेलिकोप्टर बुधबारदेखि उडिरहेको र यसबारे भारतीय पक्षलाई जानकारी गराएकोबारे उल्लेख गरिएको थियो। 

प्रमुख जिल्ला अधिकारी जोशीले पछिल्लो समय परेको अविरल वर्षाका कारण भारतको सीमा क्षेत्रमा बाढी आएकोले राहत सामग्री बोकेर उक्त हेलिकोप्टर आएको हुनसक्ने बताएका छन्। मौसम खराब भएपछि नेपाली आकाश प्रयोग गरेको हुनसक्ने उनको अनुमान छ । 

नेपाल नागरिक उड्ड्यन प्राधिकरण महानिर्देशक राजन पोखरेलले गैरसैनिक जहाज वा हेलिकोप्टर बेलाबेला हवाई रुटको मौसम बिग्रिएका कारण नेपालभित्र पसेर निस्किने घटना यसअघि पनि भएको बताए। भने, ‘खराब मौसमका कारण कुनै पनि मुलुकका व्यावसायिक वायुसेवा एकअर्काको मुलुकको भूभागमाथि भएर ओहोरदोहोर गर्न सक्छन्।’ 

worldlink

सैनिक विमानले भने नेपालभित्र प्रवेश गर्नुपरे वा नेपालको कुनै भूभागमाथिबाट उडान (ओभरफ्लाइ) गर्नुपर्ने भए कूटनीतिक माध्यमबाट अनुमतिका लागि पहल गर्नुपर्छ। सैनिक उडानलाई नेपालभित्र प्रवेश वा ओभरफ्लाइको अनुमति दिनुपर्ने भए त्यो काम गैरसैनिक उडान व्यवस्थापन गर्ने नागरिक उड्डयन प्राधिकरणले नै अनुमति जारी गर्छ। 

यसरी अनुमति लिनुपर्दा उडानको उद्देश्य, जहाजको प्रकार, दर्ता नम्बर, समय, उडानको लक्ष्य, चालक दल, उडान भर्ने कप्तान आदिबारे विस्तृत विवरण खुलाएको हुनुपर्छ।

महानिर्देशक पोखरेलका अनुसार विगतमा नेपालभित्र अनुमति नलिई प्रवेश गरेका सैनिक र गैरसैनिक वायुयानलाई प्राधिकरणले राडारमा देखेपछि रेडियो फ्रिक्वेन्सीबाट कल गरेर अवतरण गराएका घटना भएका छन्। यस्ता घटनामा सैनिक विमान भए कूटनीतिक च्यानलबाट सम्बन्धित मुलुकमा विमान फर्काइएका छन् भने गैरसैनिक वायुयानलाई स्पष्टीकरण सोधेर क्षतिपूर्ति लिई फर्काइएको उनले जानकारी दिए।

प्रकाशित: Sep 04, 2021| 04:22. 38 शनिबार, भदौ १९, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।