बिहीबार, जेठ २१, २०८३

जुम्लामा एमालेको जिल्ला कमिटी एकीकृत समाजवादीमा विलय

जुम्लामा नेकपा (एमाले)को जिल्ला कमिटी नवगठित नेकपा (एकीकृत समाजवादी) विलय भएको छ । ६१ सदस्यीय जिल्ला कमिटीमध्ये ५८ जनाले शनिबार समाजवादी रोजेका हुन्।
 |  शनिबार, भदौ १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १९, २०७८

सुर्खेत- जुम्लामा नेकपा (एमाले)को जिल्ला कमिटी नवगठित नेकपा (एकीकृत समाजवादी) विलय भएको छ । ६१ सदस्यीय जिल्ला कमिटीमध्ये ५८ जनाले शनिबार समाजवादी रोजेका हुन्। 

National life

तीनजना मनोनित तीन जना सदस्यहरु मेनका पछाइ, लाल भट्टराई र धिर बोहोराले भने एमाले छोडेका छैनन् । तीन सदस्यमध्ये बोहोरा यसअघि नै पार्टीबाट निस्कासित भइसकेका थिए। 

शनिबार खलंगामा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहित सिंगो कमिटीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । पत्रकार सम्मेलनमा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले नेकपा एकीकृत समाजवादी रोज्नुपरेको बताए । 

त्यस्तै भ्रातृ संगठनहरु युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ, शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संघ–संगठन पनि  समाजवादीमा लागेको सांसद रोकायाले जनाए ।

जुम्ला एमालेमा हुँदा पनि माधव नेपाल पक्षीय नेताहरुको बाहुल्य भएको जिल्ला हो । त्यहाँका झण्डै ७० प्रतिशत जनप्रतिनिधिले पनि समाजवादी नै रोज्ने रोकायाको दाबी छ । एमालेबाट निर्वाचित केही जनप्रतिनिधिहरुले आउँदो २२ गते समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरेका छन् ।

Shivam cement

प्रकाशित: Sep 04, 2021| 13:30 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।