बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • दैलेखमा एमालेलाई ठूलो क्षति, २७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

दैलेखमा एमालेलाई ठूलो क्षति, २७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

राजनीतिक हिसावले दैलेखमा एमालेको दबदवा छ। दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ११ स्थानीय तहमध्ये प्राय सबै स्थानमा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन्।
 |  शनिबार, भदौ १९, २०७८

देव राना

देव राना

शनिबार, भदौ १९, २०७८

सुर्खेत- राजनीतिक हिसावले दैलेखमा एमालेको दबदवा छ। दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ११ स्थानीय तहमध्ये प्राय सबै स्थानमा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन्। 

triton college

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्येक्षतर्फ रविन्द्रराज शर्मा, राजबहादुर बुढा र समानुपातिकमा पार्वतीकुमारी विशुङ्के निर्वाचित भएका थिए। प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र मध्ये प्रत्येक्षतर्फ तीन (राजबहादुर शाही, अम्मरबहादुर थापा, सुशिल थापा) र समानुपातिकमा मीनासिंह रखाल निर्वाचित भएका थिए। माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभाका पूर्वसांसद धर्मराज रेग्मी पनि हाल एमालेमा प्रवेश गरिसकेका छन्।

त्यस्तै ११ स्थानीय तहमध्ये ६ स्थानीय तहमा एमालेबाट प्रमुख–उपप्रमुख र एक–एक स्थानीय तहमा प्रमुख–उपप्रमुख निर्वाचित छन्। एमालेबाट महावु गाउँपालिका, चामुण्डा विद्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, नारायण नगरपालिका, भगवतिमाई गाउँपालिका प्रमुख–उपप्रमुख र आठविस नगरपालिका प्रमुख तथा दुल्लु नगरपालिका उपप्रमुखमा एमालेबाट निर्वाचित भएका थिए।

नेपाली कांग्रेसले डुङ्गेश्वर गाउँपालिका र गुराँस गाउँपालिका, नौमुले गाउँपालिका, प्रमुख–उपप्रमुख, दुल्लु नगरपालिको प्रमुख र आठविसकोट नगरपालिकामा उपप्रमुख जितेको छ। त्यहाँ २०७४ सालको निर्वाचनमा माओवादीका सबै उम्मेद्‍वारले पराजय बेहोरेका थिए। दैलेखमा दुई दशकदेखि एमालेका प्रतिनिधिहरू निर्वाचित हुँदै आएका छन्। यही हिसावले दैलेखलाई एमालेले आफ्नो गडका रूपमा परिभाषित गर्दै आएको थियो।

एक अध्यक्ष, दुई उपाध्यक्ष, सात वडाध्यक्षसहित २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन्।

तर, पछिल्लो राजनीतिक घटनाक्रमले भने दैलेखमा एमालेलाई ठूलो क्षती पुग्ने देखिएको छ। स्थानीयत तह, जिल्ला कमिटी, प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित केही जनप्रतिनिधिहरूले एमाले परित्याग गरेका छन्। शुक्रबारमात्रै दैलेखमा २७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। 

corrent noodles
Metro Mart

एक अध्यक्ष, दुई उपाध्यक्ष, सात वडाध्यक्षसहित २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन्। नेकपा (एकीकृत समाजवादी) रोज्नेहरूमा महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मीता सिंह छन्।

त्यस्तै महावु गाउँपालिका–१ का वडाध्यक्ष डम्बर थापा, महावु–४ का वडाध्यक्ष देव शाही, महावु–५ का वडाध्यक्ष जगत हमाल, महावु–६ का वडाध्यक्ष डम्बर थापा, दुल्लु नगरपालिका–९ का वडाध्यक्ष रनबहादुर बोहोरा, भगवतिमाई गाउँपालिका–२ का वडाध्यक्ष कर्णबहादुर शाही र नारायण नगरपालिका–३ का वडाध्यक्ष चन्द्र उपाध्यायले एकीकृत समाजवादी रोजेका छन्। 

वडा सदस्य, कार्यपालिका सदस्यसहित अन्य १७ जना जनप्रतिनिधिले पनि नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। सबैले शुक्रबार जिल्ला निर्वाचन कार्यालय दैलेखमा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेको दैलेखका अध्यक्ष बरुननाथ योगीले जनाए।

दैलेखमा थप जनप्रतिनिधि पनि नयाँ पार्टीमा खुल्ने उनको दाबी छ। चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–प्रमुख तारा शाही (खत्री), नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापालगायत जनप्रतिनिधिहरूले समाजवादी सनाखत गर्ने उनको बताएका छन्।

दैलेख नेकपा (एकीकृत समाजवादी) नेता एवं बैशाख ३ गते फ्लोरक्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाको गृह जिल्ला हो। त्यहाँका प्रभावसाली नेताहरू भने एमालेमा छैन्। प्रतिनिधिसभा सदस्य राजबहादुर बुढा, जिल्ला कमिटी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मा, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, प्रदेशसभा सदस्यहरू सुशिलकुमार थापा, मीनासिंह रखाल, एमाले केन्द्रीय सदस्यहरू लक्ष्मीप्रसाद पोखरले र विष्णु रिजाललगायतका दर्जनबढी नेताहरू एमालेमा छैन।

मन्त्री थापा र प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुङ्केसहित केही जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्। तर, समाजवादीका नेताहरूले भने ५० प्रतिशत जनप्रतिनिधि आफ्नो पार्टीमा आउने दाबी गर्दै आएका छन्। माधवकुमार नेपाल एमालेमा हुँदा उनको समूहमा रहेका राजबहादुर बुढा, विष्णु रिजाल र सुशिलकुमार थापा एमालेमै रहदा मन्त्री थापा र प्रतिनिधि सभा सदस्य विशुङ्खेले नयाँ पार्टी रोजेका छन्। 

एमालेको गडका रुपमा चिनिने दैलेखमा मन्त्री थापा र सांसद विशुङ्केले कति जना जनप्रतिधिलाई नयाँ पार्टीमा ल्याउँछन् भन्नेर आम चासोको विषय बनेको छ। ३० प्रतिशत जनप्रतिनिधिहरूले नयाँ पार्टी रोजेको खण्डमा आगामी निर्वाचनमा एमालेलाई धक्का लाग्ने अनुमान गरिएको छ। माओवादी केन्द्रको प्रभाव नगन्य रहेका कारण एमालेको फुटपछि दैलेखमा नेपाली कांग्रेसलाई राहत पुग्ने बताइएको छ।

प्रकाशित: Sep 04, 2021| 12:44 शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।