शनिबार, कात्तिक २९, २०८२

दीपिका पादुकोणबारे पांच तथ्य

५ जनवरीमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ३५ औं जन्मदिन मनाएकी छन्। एसिड आक्रमणमा परेकी महिलाको कथामा आधारित उनको आगामी फिल्मका कारण पनि दीपिका अहिले चर्चामा छन्।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

हिजो अर्थात ५ जनवरीमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ३५ औं जन्मदिन मनाएकी छन्। एसिड आक्रमणमा परेकी महिलाको कथामा आधारित उनको आगामी फिल्मका कारण पनि दीपिका अहिले चर्चामा छन्।

National life

१. भारतीय सौंदर्यको प्रतीक मानिने दीपिका पादुकोणको जन्म डेनमार्कको राजधानी कोपनहेगनमा भएको थियो । त्यसपछि उनका मातापिता बैंगलोर आए, त्यसबेला दीपिका ११ महिनाकी थिइन्।

चर्चित ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी दीपिकाले पनि राष्ट्रिय स्तरमा ब्याडमिन्टन खेल्नुका साथै प्रदेश स्तरमा बेसबल खेलेकी छन्।

२. ‘ओम शान्ति ओम’ की निर्देशक फराह खानले दीपिका पादुकोणलाई हिमेश रेशमियाको म्युजिक अल्बम ‘आपका सुरुर’ मा पहिलो पटक देखेकी थिइन्। यही अल्बमको ‘नाम है तेरा तेरा’ बोलको म्युजिक भिडियोबाट प्रभावित खानले दीपिकालाई पहिलो पटक फिल्ममा अभिनय गराइन्।

अनुपम खेरसँग अभिनय र श्यामक डावरसँग नृत्य सिकेकी दीपिकाले पहिलो फिल्म रिलिज हुँदासम्म थप म्युजिक अल्बम र विज्ञापनहरुमा काम गरिसकेकी थिइन्। त्यसबेला क्लोजअप टुथपेस्टको विज्ञापनमा उनको भूमिका पनि चर्चित भएको थियो।

Laxmi sunrise bank
kumari

३. पर्यावरण जोगाउनका लागि चलिरहेको ग्रिनथन अभियान अन्तर्गत दीपिकाले महाराष्ट्रको गाउँ अम्बेगांवको अभिभाकत्व ग्रहण गरेकी छन्। गएका आठ वर्षहरुमा दीपिकाले यो गाउँमा विजुली र पानीको आपूर्तिका लागि निकै काम गरेकी छन््। पुणेको यो एउटा सुदूर गाउँको अभिवाकत्व ग्रहण गर्दा उनको फिल्मी करिअर सुरुमात्र भएको थियो।

४. डिप्रेशनबारे खुलेर बोल्ने दीपिका पादुकोणले मानिसक स्वास्थ्यप्रति जागरुकता बढाउन ‘लिभ लाफ फाउन्डेसन’ को स्थापना गरेकी छन्। यसको वेबसाइटमा गएर डिप्रेशन र एंग्जायटीमात्र होइन अन्य मानसिक समस्याका बारे पनि जानकारी लिन सकिन्छ। त्यस्तै फाउन्डेशनको हेल्पलाइनमा फोन गरेर समेत सहयोग लिन सकिन्छ। समस्या भएकाहरुलाई फाउन्डेसनले काउन्सलर थेरपिस्ट उपलब्ध गराउनुका साथै विद्यालय र अन्य संस्थाहरुमा जागरुकताका कार्यक्रमहरु पनि सञ्चालन गर्छ।

५.अमेरिकाको टेक्सासमा रहेको एउटा रेस्टूराँ ‘द डोसा ल्याब’ ले दीपिका पादुकोणको नाममा एकथरी डोसा लञ्च गरेको छ। यसअघि पुणेको होटलले विशेष परौठाको नाम दीपिका पराठा राखेको थियो।

 

प्रकाशित: Jan 06, 2020| 12:20 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्