काठमाडौं– बलिउड स्टार अक्षयकुमार र करिना कपुर अभिनित चलचित्र ‘गुड न्युज’ले १० दिनमा १६२ करोड भारू कमाएको छ।
चलचित्र समीक्षक एवं व्यापार विश्लेषक तरन आदर्शले आफ्नो ट्विटर ह्यान्डलमार्फत ‘गुड न्युज’ले अहिलेसम्म १६२.१० करोडको व्यापार गरेको जनाएका छन्। उनका अनुसार चलचित्रले आइतबार १४.४० करोडको व्यापार गरेको छ।
‘गुड न्युज’ गत डिसेम्बर २७ (पुस ११)मा रिलिज भएको हो।
एजेन्सी