मंगलबार, भदौ २, २०८३

जुम्ल्याहा दिदीबहिनीले जन्माए एक घण्टाको फरकमा छोरी

अमेरिकाको टेक्सासस्थित एल पासोमा बस्ने जुम्ल्याहा दिदीबहिनीले एक घण्टाको अन्तरमा बच्चा जन्माएका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- अमेरिकाको टेक्सासस्थित एल पासोमा बस्ने जुम्ल्याहा दिदीबहिनीले एक घण्टाको अन्तरमा बच्चा जन्माएका छन्।

नयाँ वर्षको रौनककै समयमा सँगै जन्मेका दिदीबहिनीले एकै दिन एक घण्टाको अन्तरमा छोरीको जन्म दिएका हुन्।

सलेस्ट र सेन्थियाले नयाँ वर्ष २०२० को पूर्व सन्ध्यामा एक घण्टाको अन्तरमा छोरीहरु जन्माएका हुन्।

सेलेस्टले मंगलबार बिहान ११ बजेर ४३ मिनेटमा र सेन्थियाले १२ बजेर ५५ मिनेटमा बच्चालाई जन्म दिएको हुन्।

जुम्ल्याहा दिदीबहिनीले आफ्ना छोरीहरु पनि जुम्ल्याहा जस्तै गरी एकै छिनको फरकमा जन्मिएकोमा आश्चर्य व्यक्त गरेको सीएनएनले जनाएको छ।

जब सलेस्ट र उनका पतिले सेलेस्ट गर्भवती भएको कुरा आफ्नो परिवारमा सुनाएका थिए, त्यतिनै बेला सेन्थिया अचानक उठेर हिँडिन्।

सेलेट्सले भनिन्, ‘हाम्रो कुरा सुन्नासाथ सेन्थिया अचानक गायब भइन्, केहीबेरपछि उनले मलाई बोलाइन्, अनि म ‘बाथ रुम’ गएँ, उनले ‘प्रिग्नेन्सी टेस्ट’ गरेर मलाई देखाईन्, उनी पनि गर्भवती भएकी रहिछन्।’

उनीहरु सँगै गर्भवती भएकोमा नै आश्चर्यचकित भए। सँगै गर्भवती हुनेबारे उनीहरुले कहिल्यै सल्लाह गरेका थिएनन् र सोचेका पनि थिएनन्।

यतिमात्र होइन उनीहरु गर्भ जाँच गराउन अस्पताल पुग्दा फेरि आश्चर्यचकित भए, किनकी अस्पतालले उनीहरुलाई लगभग एउटै मितिमा बच्चा जन्म हुने कुरा सुनाए।

चिकित्सकले तीन दिनको अन्तरमा बच्चा जन्म हुने जानकारी गराएका थिए।

तर उनीहरुलाई लाग्छ यो ब्रह्माण्डले नै कुनै संयोग गज्जबसँग जुराउँछ, त्यो संयोगले एकै दिन उनीहरुका छोरीहरुको जन्म दिन परेको छ।

उनीहरुका अनुसार आफ्ना छोरीहरुको एकै दिन जन्मदिन पार्नका लागि कुनै चिकित्सकीय सहयोग लिइएको छैन, सबै कुरा भगवानको देन हो।

यसअघि जुम्ल्याहा दिदीबहिनीले एकै दिन बच्चा जन्माउने गरेका घटनाहरु बाहिर नआउने गरेका होइनन् तर ती योजनाबद्ध रुपमा गरिएका थिए।

एकै दिन जन्मिएका सलेस्ट र सेन्थियाले भने यस्तो योजना बिनानै एकैदिन छोरीहरुको जन्म दिएका छन्।

प्रकाशित: Jan 05, 2020| 11:00 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।