मंगलबार, भदौ २, २०८३

नेपालीजस्तै देखेपछि भारतमा पासपोर्ट दिन इन्कार !

पासपोर्ट कार्यालयका कर्मचारीले दुई नागरिकलाई ‘नेपाली हौ’ भनेर पासपोर्ट दिन इन्कार गरेका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

नयाँदिल्ली– भारतको हरियाणा राज्यको पासपोर्ट कार्यालयका कर्मचारीले दुई नागरिकलाई ‘नेपाली हौ’ भनेर पासपोर्ट दिन इन्कार गरेका छन्।

समाचार संस्था पीटीआईका अनुसार सन्तोष र उनकी बहिनी हिना केही दिनअघि पासपोर्टका लागि चण्डीगढस्थित क्षेत्रीय पासपोर्ट कार्यालयमा गएका थिए। तर कार्यालयका कर्मचारीले उनीहरूलाई पासपोर्ट दिन इन्कार गरे।

ती अधिकारीले आवेदन फाराममा ‘दुवैजना नेपाली हुन्। त्यसैले पासपोर्ट दिन मिल्दैन’ भनेर लेखिदिए ।

सन्तोषले भने, ‘पासपोर्ट कार्यालयका कर्मचारीले नियालेर हाम्रो अनुहार हेरे। अनि फाराममा लेखिदिए, तिमीहरू नेपाली हौ। पासपोर्ट दिन मिल्दैन भने अनि उनीहरूले हामीलाई राष्ट्रियता प्रमाण गर्न आग्रह गरे।’


त्यसपछि दुवैजनाले हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरको कार्यालयमा सम्पर्क गरे। उनले पासपोर्ट नदिने अधिकारीमाथि कारबाही गर्न तथा सन्तोष र हिनालाई तत्काल पासपोर्ट उपलब्ध गराउन निर्देशन दिए।

मुख्यमन्त्रीको निर्देशनपछि हरियाणाका गृहमन्त्री अनिल विजले पासपोर्ट उपलब्ध गराउने प्रक्रिया सुरु गरे। अधिकारीहरूले भनेका छन्, ‘अब उनीहरूलाई पासपोर्ट दिने प्रक्रिया सुरु भएको छिट्टै पासपोर्ट पाउनेछन्।’

प्रकाशित: Jan 03, 2020| 09:10 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।