मंगलबार, भदौ २, २०८३

वृद्धवृद्धालाई भिडियो गेमको लत, ४ खर्ब रुपैयाँ गेममा चैट !

प्राय हामी बालबालिकामा भिडियो गेमको लत भएको पाउँछौँ। तर अमेरिकामा वृद्धवृद्धा नै भिडियो गेमको लत बढ्दै गएको एक अध्ययन देखाएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं- प्राय हामी बालबालिकामा भिडियो गेमको लत भएको पाउँछौँ। तर अमेरिकामा वृद्धवृद्धा नै भिडियो गेमको लत बढ्दै गएको एक अध्ययन देखाएको छ।

त्यहाँका कतिपय वृद्धवृद्धा दिनरात भिडियो गेममा भुलेर आफ्नो महत्वपूर्ण कामसमेत विर्सिने गरेको पाइएको छ।

वृद्धवृद्धाहरुका लागि काम गर्ने एउटा संस्था एएआरपी फाउण्डेशनले यस सम्बन्धमा गरेको एउटा अध्ययनले यस्तो आश्चर्यलाग्दो रहस्य उजागर गरेको हो।

रिर्पोटअनुसार अमेरिकामा तीन वर्षको बीचमा भिडियो गेम खेल्ने वृद्धवृद्धाको संख्या ५ करोडसम्म पुगेको छ।

सन् २०१६ मा अमेरिकामा ५० वर्षभन्दा धेरै उमेरका करिब ४ करोड मानिस थिए, अहिले त्यो संख्या ५ करोड २० लाखभन्दा बढी पुगेको छ।

अमेरिकामा ५० वर्षभन्दा बढी उमेरका मानिसको संख्या ३५ प्रतिशत छ। जसमा भिडियो गेम खेल्ने ५० वर्षभन्दा माथिका व्यक्तिहरु २८ प्रतिशत छन्।

अनुसन्धानका अनुसार त्यहाँका वृद्धहरु भिडियो गेममार्फत् स्टारडम बनाइरहेका छन्। उनीहरुले आफूलाई कुनै स्टारजस्तो महसुस गर्ने गरेका छन्।

यतिमात्रै होइन उनीहरुले आफूलाई युवाजस्तो महशुस पनि गर्न थालेका छन्।

अमेरिकामा भिडियो गेम खेल्ने वृद्धहरुको संख्यामात्रै बढेको होइन, खर्चसमेत बढेको छ। भिडियो गेम्स, कन्सोल तथा अन्य वस्तुको खर्च तीन वर्षमा ६ गुणाले बढेको छ।

सन् २०१८ को जनवरीदेखि जुनको बीचमा वृद्ध व्यक्तिहरुले भिडियो गेममा करिब ४ खर्ब नेपाली रुपैयाँ खर्च गरेका छन्।

सन् २०१६ मा यो रकम ६० अर्ब जति थियो।

अर्को आश्चर्य त के छ भने अमेरिकाको एरिजोनामा बस्ने ८८ वर्षकी आन्द्रे बुचानन नामकी वृद्धाले यति धेरै भिडियो गेम खेलेकी छन् कि उनले अहिलेसम्म ३५०० घण्टा भिडियो गेममै व्यतित गरेकी छन्।

उनको हातमा जतिबेलमा पनि गेमिङ सिस्टम निन्टेन्डो थ्रीडीएस एक्सएल हुने गरेको पाइएको छ।

प्रकाशित: Jan 02, 2020| 12:50 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।