बुधबार, जेठ २०, २०८३

कञ्चनपुरमा स्कुल खोल्न अनुमति

कञ्चनपुरमा पनि विद्यालय सञ्चालन गर्न पाइने भएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८
National life
Shivam cement

धनगढी– कञ्चनपुरमा पनि विद्यालय सञ्चालन गर्न पाइने भएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले शुक्रबार आदेश जारी गर्दै भदौ १८ गते राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न पाउने भनिएको छ। 

आदेशमा भनिएको छ, ‘बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको हो। सकभर भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउनु। यदि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइनेछ,’ सूचनामा भनिएको छ।

कञ्चनपुरमा विद्यालय, पसल निर्वाध रुपमा सञ्चालन गर्न पाइने भए पनि अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रुपमा पूजाअर्चना गर्ने, जात्रा महोत्सव गर्ने, भोज भतेर गर्ने जस्ता कार्य गर्न नपाइने आदेशमा उल्लेख गरेको छ।

प्रकाशित: Sep 03, 2021| 20:00 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।