मंगलबार, भदौ २, २०८३

गाईको विधिपूर्वक अन्त्येष्टि

उत्तर प्रदेशको महोबा जिल्लाको जैतपुरस्थित एउटा गाउँमा मंगलबार एक किसानले गाईको वैदिक विधिपूर्वक अन्त्येष्टि गरेका छन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

नयाँ दिल्ली– उत्तर प्रदेशको महोबा जिल्लाको जैतपुरस्थित एउटा गाउँमा मंगलबार एक किसानले गाईको वैदिक विधिपूर्वक अन्त्येष्टि गरेका छन्।

किसान बलराम मिश्राको घरमा २० वर्षअघि जन्माष्टमीका दिन बाच्छी जन्मिएको थियो। उनले त्यसको नाम कृष्णा राखेका थिए।

गाईले ९ बेतसम्म ब्याएको थियो । सोमबार दसौँपटक ब्याउने क्रममा बाच्छो गर्भमै मर्यो। अनेक प्रयास गर्दा पनि गाईलाई बचाउन नसकिएको बलरामले बताएका छन्।

त्यसपछि गाउँका सबै मिलेर गाईको विधिपूर्वक अन्त्येष्टि गरे। गाईको शवलाई रातो वस्त्र ओढाएर गाडामा राखी शोकधुन बजाएर शवयात्रा गरिएको थियो।

शवयात्रामा गाउँका धेरै मानिस सहभागी थिए। त्यसपछि हिन्दु परम्पराअनुसार गाईको अन्त्येष्टि गरिएको थियो।

गाईपालक किसान मिश्रले भने, ‘कृष्णा हाम्रो परिवारका लागि आमाजस्तै थियो । उसलाई कहिल्यै बाँधेर राख्नु परेन । जंगलमा कहिल्यै चराउन लगेनौं । गाई दिनभर ढोकाछेउमा बसिरहन्थ्यो । कृष्णा भनेर बोलाउने बित्तिकै पछिपछि आइहाल्थ्यो । गाई हैन, हाम्री आमाको निधन भएको छ। त्यसैले हामीले परिवारका सदस्यजसरी अत्येष्टि गरेका हौँ।’

मिश्राले गाईको अस्तुलाई नदीको संगममा विसर्जन गर्ने तयारी गरेका छन् । उनले तेह्रौँ दिनको पुण्यतिथिमा ब्राह्मण, कन्या र गाउँलेलाई भोजन गराउने योजना बनाएका छन्।

प्रकाशित: Jan 02, 2020| 08:45 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।