सोमबार, पुस ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खोप केन्द्रबाटै कोरोना फैलने त्रास

लुम्बिनीका अधिकांश खोप केन्द्र यतिबेला अस्तव्यस्त, भीडभाड र भद्रगोल छन्। प्रशासन र स्थानीय सरकारले कुनै समन्वय नगरेकाले सयौँको भीडमा बिहानदेखि लाइनमा बस्दा साँझमा पनि खोप लगाउन नपाएको सर्वसाधारणको गुनासो छ। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा खोपको मात्रा कम र खोपको माग अत्यधिक भएकाले व्यवस्थापन गर्न गाह्रो भएको प्रशासनको भनाइ छ।
 |  मंगलबार, साउन ५, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

मंगलबार, साउन ५, २०७८

ntc landingntc landing

बुटवल- कोरोना संक्रमण न्यूनीकरणका लागि निषेध आदेश र लकडाउन गर्नुको मुख्य उद्देश्य भनेकै भीडभाड कम गर्नु हो। सरकारले सबै काम गर्दा भौतिक दूरी कायम गर्नैपर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नैपर्ने आदेशका साथ निषेध आदेश खुकुल्याएको छ। तर सरकारी निकायले नै स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन नगरेका मात्र नभएर पालना समेत गरेका छैनन्। यो भद्रगोल अहिले देशका अधिकांश खोप केन्द्रमा देख्न सकिन्छ। व्यवस्थापन फितलो हुँदा कोरोना खोप लगाउने सर्वसाधारणले सास्ती पाएका मात्रै छैनन्, अत्यधिक भिडभाडका कारण कोभिड खोप केन्द्रबाट कोरोना संक्रमण फैलने त्रास बढेको छ।

himalayan bank box

लुम्बिनीका अधिकांश खोप केन्द्र यतिबेला अस्तव्यस्त, भीडभाड र भद्रगोल छन्। प्रशासन र स्थानीय सरकारले कुनै समन्वय नगरेकाले सयौँको भीडमा बिहानदेखि लाइनमा बस्दा साँझमा पनि खोप लगाउन नपाएको सर्वसाधारणको गुनासो छ। लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा खोपको मात्रा कम र खोपको माग अत्यधिक भएकाले व्यवस्थापन गर्न गाह्रो भएको प्रशासनको भनाइ छ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेमा खोप व्यवस्थापन चुस्त नहुँदा खोपका लागि बिहानैदेखि लाइनमा बसेकाहरूले सास्ती पाएका हुन्।

वर्षाको समयमा खोपका लागि घन्टौं लाइन बस्दा पनि खोप लगाउन नपाएको बुटवल-११ का स्थानीय कुलबहादुर केसीले बताए। स्थानीय सरकारले खोप केन्द्रको व्यवस्थापन तथा सर्वसाधरणको नामावली संकलनमा समेत कुनै ध्यान नदिएको उनको भनाइ छ। कोरोनाविरुद्धको खोप लगाउनका आएकाहरुको भिडले उल्टै जोखिम बढाएको भन्दै सरकारले व्यवस्थापन चुस्त बनाउन नसकेको भन्दै सामाजिक सञ्जालमा उनले आक्रोश पोखेका छन्।  

स्वास्थ्य मन्त्रालयले साउन १ गतेदेखि ५५ वर्षदेखि माथिको उमेर समूहलाई खोप लगाउन निर्देशन दिएको छ। सरकारले समुदायमा काम गर्नेहरू भए जुनसुकै उमेर समूह भएपनि खोप उपलब्ध गराउन निर्देशन गर्दै स्थानीय तहमा खोप पठाएको छ। तर, स्थानीय सरकारले व्यवस्थापन नगर्दा सर्वसाधारणले अनावश्यक दुःख पाएका छन्। 

vianet

बुटवल उपमहानगरमा शिक्षक र प्राध्यापकलाई खोप लगाउने लक्षित समूहमा राखेको भएपनि व्यवस्थापन नगर्दा शिक्षकहरुले खोप नै लगाउन पाएका छैनन्। बुटवलका लागि ६ हजार ५ सय डोज खोप उमेर समूह र एक हजार खोप शिक्षकहरुका लागि गरी जम्मा ७ हजार ५ सय डोज खोप आएको छ। उपमहानगरले साउन १ गते उमेर समूहका लागि ६ तथा शिक्षकका लागि थप २ गरी ८ वटा केन्द्रबाट खोप लगाउने व्यवस्था गरे पनि पर्याप्त नभएपछि अधिकांश सेवाग्राही त्यसै फर्किनु परेको थियो। 

खोप लगाउन नपाएपछि सेवाग्राहीहरुको विरोध गरेका थिए। पहिलो दिनको खोप वितरण भद्रगोल भएपछि दोस्रो दिन साउन २ गते बुटवलको सिद्धेश्वर माविको प्राङ्गणमा खोप केन्द्र सञ्चालन गरिएको थियो। तर यहाँ पनि सर्वसाधरणले सास्ती पाएका छन्। बिहान ५ बजेदेखि लाइनमा बसेका सेवाग्राही दिउँसो खोप बिना नै घर फर्किनु परेको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा खोप लगाउन नपाएपछि विवाद भएको थियो। केही बेर धकेलाधकेल समेत भएपछि अस्पतालले खोप कार्यक्रम नै रोक्नुपरेको थियो। 

लुम्बिनीका लागि शुक्रबार र शनिबार गरी २ हजार डोज खोप आएको थियो। यसमध्ये १ हजार ८ सय १६ डोज खोप लक्षित समूहका व्यक्तिले विवाद सुरु हुनुअघि नै लगाइसकेका थिए। विवाद भएपछि १ सय ६८ खोप फर्काएको छ। शिक्षक/प्राध्यापक, यातायात मजदुर सहित ५५ वर्ष उमेरमाथिका लागि खोप लगाउन परेकाले व्यवस्थापनमा केही असहजता आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। 

उनका अनुसार लुम्बिनीमा लक्षितभन्दा बाहिरएका मानिसहरू खोपका लागि लाइनमा बस्दा केही बेर समस्या भएपनि साम्य भएको छ। खोपको आवश्यकता बढी भएको र लक्षितभन्दा बाहिरी क्षेत्रकाले खोप लगाउन माग गर्दा समस्या भएको प्रजिअ तामाङले बताए। 

रुपन्देहीमा यो पटक ६० हजार भाइल खोप आएको हो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले आवश्यकताभन्दा कम खोप आउँदा व्यवस्थापनमा जटिलता देखिएको बताए। उनले शिक्षक र प्राध्यापकहरुको समूह ठूलो भएकाले पनि समस्या भएको बताए। रुपन्देहीमा दुई दिनमा करिब ५० हजार खोप खपत भएको छ।

प्रकाशित: Jul 20, 2021| 16:01 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्