आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जिसस कैलालीका उपप्रमुखसहित तीन जनाले गरे नेकपा (एस)को पक्षमा सनाखत

जिसस कैलालीका उपप्रमुखसहित तीन जनाले गरे नेकपा (एस)को पक्षमा सनाखत

जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुखसहित तीन जनाले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

धनगढी– जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुखसहित तीन जनाले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

National life

शुक्रबार प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर उपप्रमुख सुन्दरी चौधरी, सदस्यद्वय मालमतीदेवी विक र देवी भण्डारीले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन् । 

समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी नेकपा एकीकृत समाजवादीका नेता बिमल जोशीले गरे। ‘सदस्य टेकबहादुर बुढा र ललित साउदले आइतबार सनाखत गर्छन्। दुई जनाले सनाखत गरेपछि समन्वय समितिमा हाम्रो बहुमत पुग्छ,’ उनले भने।

जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन्। ९ जनाको जिल्ला समन्वय समितिमा तीन जना जनता समाजवादी पार्टी (जसपा) का सदस्य छन् । बुधबार मोहन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगरसहित तीन जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । 

निर्वाचन कार्यालयले सनाखत गराउनका लागि पत्राचार गरेपछि भदौ १६ गतेदेखि सो पार्टीका पक्षमा स्थानीय तहका जनप्रतिनीधिहरुले सनाखत गराउन थालेका हुन् ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 03, 2021| 19:25 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।