बिहीबार, वैशाख ३१, २०८३

‘गुड न्युज’ सय करोड क्लब नजिक

बलिउड स्टार अक्षय कुमार र करिना कपुर अभिनित चलचित्र ‘गुड न्युज’ बक्स अफिसमा सय करोड क्लब नजिक पुगेको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– बलिउड स्टार अक्षय कुमार र करिना कपुर अभिनित चलचित्र ‘गुड न्युज’ बक्स अफिसमा सय करोड क्लब नजिक पुगेको छ।

National life

चलचित्र समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले ट्विटमार्फत चलचित्रले मंगलबारसम्म ९४.६० करोड भारू कलेक्सन गरेको जनाएका छन्। उनका अनुसार चलचित्रले मंगलबार १६.२० करोड भारूको व्यापार गरेको छ।

दिलजित दोसांझ तथा कियारा आडवाणीको चलचित्र ‘गुड न्युज’ गत शुक्रबार रिलिज भएको हो।

‘दबंग ३’ चुनौती

‘गुड न्युज’ व्यापारसामु ‘दबंग ३’ चुनौती बनेको छ।

सलमान खान, सोनाक्षी सिन्हा, सई मांजरेकर अभिनित ‘दबंग ३’ले १० दिनमा १३१ करोड व्यापार गरिसकेको छ। उक्त चलचित्रले पहिलो साता १२१.५८ करोड भारू संकलन गरेको थियो।

एजेन्सी

प्रकाशित: Jan 02, 2020| 04:06 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्