सोमबार, जेठ १५, २०८०

सल्यानमा ६४ जना जनप्रतिनिधिले रोजे समाजवादी

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा ६४ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

सुर्खेत– नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा ६४ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन्। एक–एकजना अध्यक्ष, उपाध्यक्ष, १६ जना वडाध्यक्ष र ६६ जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्। 

Everest Bank

सबै जनप्रतिनिधिले शुक्रबार निर्वाचन कार्यालय सल्यानमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको सल्यानका पार्टी सचिव रमेश गौतमले जानकारी दिए ।

सल्यानका दश स्थानीय तहमध्ये कपुरकोट गाउँपालिकाबाट उपाध्यक्ष तीला बुढासहित दुईजना वडाध्यक्ष, चार जना वडा सदस्यसहित सातजना, त्रिवेणी गाउँपालिकाबाट एक वडाध्यक्षसहित ६ जना, छत्रेश्वरी गाउँपालिकाबाट एक वडाध्यक्षसहित पाँच जना, शारदा नगरपालिकाबाट तीन वडाध्यक्षसहित १६ जनाले समाजवादी रोजेका छन्। 

सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेसहित तीन जना वडाध्यक्ष ११ जना, बागचौर नगरपालिकामा तीन जना वडाध्यक्ष, दार्मा गाउँपालिकाबाट एक वडाध्यक्ष, कुमाख गाउँपालिकाबाट एक वडाध्यक्षसहित चार जना, बनगाड कुपिन्डे नगरपालिकाबाट तीन वडाध्यक्षसहित आठजना र कालीमाटी गाउँपालिकाबाट तीन जना सदस्यलेहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्।

स्थानीय तहको निर्वाचनमा सल्यानमा एमालेले चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुखसहित २७ वडाध्यक्ष, २८ दलित सदस्य, २४ महिला सदस्य र ५८ वडा सदस्यसहित कुल एकसय ४२ जना जनप्रनिधिले निर्वाचित भएका थिए। कुल जनप्रतिनिधिमध्ये ६४ जनाले नेकपा एकीकृत समाजवादी रोज्दा अब एमालेका जनप्रतिनिधिको संख्या ७८ मा झरेको छ ।

National life insurance
Metro Mart

प्रकाशित: Sep 03, 2021| 05:58. 36 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।