शनिबार, कात्तिक २९, २०८२

कलौनी र मिस्टर आरजेको बनारसको साडी सार्वजनिक

सर्जक तथा गायक नवराज कलौनी र राजेन्द्र भट्ट (मिस्टर आरजे) फरक शैलीको देउडा फ्युजन गीत ‘बनारसको साडी’ लिएर दर्शक/श्रोता माझ आएका छन्।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं- सर्जक तथा गायक नवराज कलौनी र राजेन्द्र भट्ट (मिस्टर आरजे) फरक शैलीको देउडा फ्युजन गीत ‘बनारसको साडी’ लिएर दर्शक/श्रोता माझ आएका छन्।

National life

गीतका शब्द गायक कलौनीले नै रचना/संकलन गरेका हुन् भने शब्द परिस्कृत आरजेले गरेका छन्। गीत कलौनीकै लयमा रहेको छ।

श्यामश्वेत रसाइलीले संयोजन गरेको उक्त गीतको निर्देशन र सम्पादन भने रंगीत बल्लभ उप्रेतीले गरेका हुन्। कलौनीले आमाको प्रेरणमा तयार पारेको उक्त गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ।

कलौनी र आरजेले विगत केही वर्षयता सुदूरपश्चिमका मौलिक लोक भाकाहरुलाई समय सापेक्ष बनाई श्रोता/दर्शक माझ पुर्याउने प्रयास गरेका छन्।

कलौनीका बेहुलो सिपाही, चक्करी, मन ढुङ्गा लगायत गीत चर्चामा छन्। कलौनीले अब यसपछि बसन्ती नामक गीत ल्याउने तयारी गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

मिस्टर आरजे नेपाली सङ्गीत क्षेत्रको स्थापित नाम हो। उनले भुन्टी, पिच रोड, यति यति पानी, नौटंकी मायाँ लगायत थुप्रै चर्चित गीतमा स्वर/शब्द/संगीत र र्‍याप भरेका छन्।

 

प्रकाशित: Dec 27, 2019| 10:18 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्