शनिबार, कात्तिक २९, २०८२

बलिउड स्टार सलमान खान ५४ वर्षमा

लिउड स्टार सलमान खान ५४ वर्ष पुगेका छन्। सन् १९६५ डिसेम्बर २७ तारिखमा भारतको इन्दोरमा सलमानको जन्म भएको थियो।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं - बलिउड स्टार सलमान खान ५४ वर्ष पुगेका छन्। सन् १९६५ डिसेम्बर २७ तारिखमा भारतको इन्दोरमा सलमानको जन्म भएको थियो।

National life

यसैबीच सलमानले मुम्बईस्थित आफ्नो भाइ सोहेल खानको घरमा बिहीबार राति १२ बजे बर्थडे केक काट्दै जन्मदिन मनाएका छन्। सो अवसरमा बलिउडका थुप्रै कलाकार तथा उनका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो। सलमानको जन्मदिनको पार्टीमा उनीद्वारा अभिनित तथा निर्माण गरिएको दबङ्ग ३ का सम्पूर्ण कलाकारको समेत उपस्थिति रहेको थियो।

सलमानले सबैभन्दा पहिले मिडियाकर्मीसँग आफ्नो जन्मदिनको पहिलो केक काटेका थिए। त्यसपछि उनी सोहेलको घर पुगेका थिए। सोहेलको घर अगाडि जम्मा भएका उनका समर्थकलेसमेत बर्थ डे गीत गाउँदै उनलाई शुभकामना दिएका थिए।

सलमानले आफ्ना भान्जा आहिलसँगै केक काटेका थिए। सलमानकी बहिनी अर्पिता खानले उनको जन्मदिन विशेष बनाउन जन्मदिनकै दिन आफ्नो अर्को सन्तानलाई जन्म दिने बताएकी छिन्। उनी दोस्रो बच्चाकी आमा बन्न लागेकी हुन्। राति जन्मदिनको पार्टीमा सहभागी भएकी उनी शुक्रबार बिहानै अस्पतालसमेत भर्ना भएकी छिन्।

सलमानले सन् १९८८ मा पारिवारिक विषयवस्तुमा आधारित फिल्म 'बिवी हो तो ऐसी' मा सहायक भूमिकाबाट अभिनय यात्रा थालेका थिए। त्यसपछि उनले 'मैने प्यार किया' बाट फिल्ममा प्रमुख भूमिका निभाएका थिए। उनका हम आपके हैं कौन, करनअर्जुन, बिवी नं वान, हम साथ साथ हैं, दबाङ्ग, रेडी, तेरे नाम, वान्टेड, एक था टाइगर, किक, सुल्तान, टाइगर जिन्दा हैं, ट्युवलाइट, भारतजस्ता चलचित्र प्रख्यात छन्। उनीद्वारा निर्मित र अभिनय रहेको चलचित्र दबाङ्ग ३ भने डिसेम्बर २० देखि प्रदर्शनमा आइरहेको छ। फिल्मले बिहीबारसम्म १ सय १५ करोड भारतीय रुपैयाँ कमाइसकेको छ।

Laxmi sunrise bank
kumari

सलमान पछिल्लो समय सन् १९९८ मा दुई संरक्षित हरिणको सिकार गरेको आरोपमा विवादमा परेका थिए। उनले यसमा मुद्दासमेत खेपे। तर उनले आफू निर्दोष भएको र आफूलाई फसाइएको जिकिर गरेका थिए। ‘हम साथ साथ है’ फिल्मको सुटिङको बेला तब्बु, सैफअलि खान र सोनाली बेन्द्रेसँग मिलेर सलमानले राति हरिणको शिकार गरेको आरोप लागेको थियो। यस्तै सलमानलाई नै मुम्बईको सडकमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर फुटपाथमा सुतेका व्यक्तिलाई किचेर मारेको आरोपमाअर्को मुद्दा लागेको थियो।

प्रकाशित: Dec 27, 2019| 08:31 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्