मंगलबार, भदौ २, २०८३

कौडीको भाउमा किनेको पुरानो घडीबाट निक्लियो ३२ लाख

एक जर्मन नागरिकले पुराना वस्तु किन्न पाइने ‘फ्लि मार्केट’ बाट किनेको पुरानो घडीमा ५० हजार डी मार्क भेट्टाएका छन् ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

एजेन्सी- एक जर्मन नागरिकले पुराना वस्तु किन्न पाइने ‘फ्लि मार्केट’ बाट किनेको पुरानो घडीमा ५० हजार डी मार्क भेट्टाएका छन् । जर्मनीको पुरानो मुद्रा डी मार्क सन् २००१ देखि प्रचलनमा छैन । तै पनि ती व्यक्तिलाई ३२ लाख रुपैयाँ फाइदा भएको छ ।

युरोपेली बजार ‘फ्लि मार्केट’ मा पुरानो सामानको खरिद बिक्री हुन्छ । यस्तै बजारमा किनिएको पुरानो घडीमा एक जर्मन व्यक्तिले ५० हजार डयचमार्क भेट्टाएको खबर जर्मन पत्रिका डीडब्ल्यूले प्रकाशन गरेको छ। डयचमार्क जर्मनीको पुरानो मुद्रा हो जो सन् २००१ सम्म प्रचलनमा थियो। अब यो मुद्रामा कसैले कारोबार गर्दैन । तर यो मुद्रा बैंकबाट साट्न भने सकिन्छ।

लोअर सेक्सनी राज्यको आउरिख क्षेत्रका एक वासिन्दाले आफूले किनेको पुरानो ठूलो घडीको काठको प्यानलभित्र ठूलो रकम फेला पारेपछि उक्त मुद्रालाई ‘लस्ट एण्ड फाउण्ड’ विभागमा बुझाए । यो विभागमा यस्ता सामानहरु ६ महिनासम्म राखिन्छ। ६ महिनासम्म सामानको दाबी गर्न कोही नआएमा जसले बुझाएको हो उसैलाई फिर्ता गर्ने नियम अनुसार उक्त मुद्रा फेरि उनै व्यक्तिलाई फिर्ता गरियो ।

१८ वर्षअघि प्रचलनबाट हराइसकेको यो मुद्रालाई जर्मनीको केन्द्रीय बैंकमा जम्मा गराएर ती व्यक्तिले २५ हजार ५०० युरो प्राप्त गरे ।
डयचमार्कलाई डी–मार्क वा मार्क पनि भनिन्छ । यसको सटही दल १ युरो बराबर १.९५५८३ मार्क छ । ५० हजार मार्क वापत केन्द्रीय बैंकबाट ती व्यक्तिले २५ हजार ५०० युरो अर्थात करिब ३२ लाख नेपाली रुपैयाँ ।

जर्मनीलाई नगद मुद्रा राख्ने अर्थव्यवस्था मानिन्छ । यहाँका नागरिकहरु बचतमा विश्वास गर्छन् । धेरै मानिसहरुले आफूसँग मुद्रा लुकाएर पनि राख्छन् । केन्द्रीय बैंकको अनुमान अनुसार अझै पनि करिब ६३ लाख युरो बराबरको डीमार्क मानिसहरुले आफैसँग राखेका छन् ।

जर्मनीमा पुराना सोफा वा अन्य कुनै पुराना सामानभित्रबाट पुरानो मुद्रा भेटिनु धेरै अनौठो मानिदैन ।

प्रकाशित: Dec 26, 2019| 05:34 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।