बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भारतीय गायिका भोस्ले नेपालमा, आज राष्ट्रपतिलाई भेट्ने

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएकी छिन् ।
 |  बिहीबार, पुस १०, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएकी छिन् ।

triton college

उनलाई बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झाँकीसहित स्वागत गरिएका थियो । भोस्लेको स्वागतका लागि केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए ।

भोस्लेले आज (आज) बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । उनी पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ ।

“उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भने । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छिन् ।

Metro Mart
vianet

नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने आयोजकको दाबी छ ।

प्रकाशित: Dec 26, 2019| 03:24 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्