बुटवल- नेपाली कांग्रेस पाल्पाको आज शुक्रबार हुने भनिएको वडा अधिवेशन स्थगित भएको छ। निर्वाचन अधिकृत आउन ढिलाई भएको र केही स्थानीय तहका क्रियाशील सदस्यता छुट भएकाले वडा अधिवेशन गर्न नसकिने कांग्रेसले जनाएको छ।
नेपाली कांगेस पाल्पाका सभापति विरबहादुर रानाले निर्वाचन अधिकृतको कार्यब्यस्तता र केही वडाका क्रियाशील सदस्यको नाम छुटकाले अधिवेशन रोकिएको जानकारी दिए।
शनिबार पार्टीको बैठक बसेर वडा अधिवेशन कहिले गर्ने भन्ने विषय टुंगाइने उनले बताए। कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगरको वडा अधिवेशन तोकेको थियो। पाल्पामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य छन्।