मंगलबार, भदौ २, २०८३

स्वास्थ्य पढाउने शिक्षिका जब यसरी कक्षा कोठामा पुगिन्

स्पेनको एक विद्यालयकी शिक्षिकाले विद्यार्थीलाई मानव शरीरको संरचनाबारे जानकारी दिन एउटा अनौठो उपाय रचेकी छन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

एजेन्सी- स्पेनको एक विद्यालयकी शिक्षिकाले विद्यार्थीलाई मानव शरीरको संरचनाबारे जानकारी दिन एउटा अनौठो उपाय रचेकी छन्।

उनको याे प्रयासकाे सामाजिक सञ्जालमा विश्वभर खुलेर प्रसंशा भइरहेको छ।

स्पेनको वेलेडोलिडको एउटा विद्यालयकी शिक्षिका वेरोनिका ड्र्युक जीवविज्ञान पढाउन मानव शरीरको आन्तरिक अंगहरु भएको कपडा लगाएर कक्षामा पुगेकी हुन्।

उनले आफ्ना विद्यार्थीलाई मानव शरीरका एकएक अंगहरुबारे जानकारी दिइन् । यसलाई विद्यार्थीले पनि निकै चाखपूर्वक हेरे।

४३ वर्षीया वेरोनिक विगत १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिसलगायतका विभिन्न विषय पढाउँदै आएकी छन्।

कुनै पनि विषयमा शिक्षण गर्दा सीधै भनिदिएर वा ब्ल्याक बोर्डमा चित्र बनाएर विद्यार्थीलाई बुझाउन गाह्रो भएको ठहर गरिन्। यसरी पढाउँदा केही बालबालिकाले बुझ्ने र केहीले नबुझ्ने गरेको उनकाे अनुभव छ।

यसैका लागि आफूले त्यस्तो कपडामा कक्षा कोठामा गएको स्पष्ट पारेकी छन्।

वेरोनिकाको यस्तो उपाय देखेका उनका पतिले कक्षा कोठामै गएर शिक्षिका पत्नीकाे तस्बिर खिचे र सामाजिक सञ्जालमा सेयर गरे।

पतिले ट्विटरमा राखेको शिक्षिकाको तस्बिर साढे १३ हजारभन्दा बढीले रिट्विट गरेका छन्। त्यस्तै ६७ हजारभन्दा बढीले लाइक गरेका छन्।

प्रकाशित: Dec 25, 2019| 10:56 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।