शुक्रबार, असार ५, २०८३

तिमीलाई देखेर हिमाल हाँसेको...(फोटोफिचर)

चिसो मौसम अनि टलक्कै टल्केका हिमश्रृङ्खला। काठमाडौंको पश्चिमतर्फ अवस्थित उपत्यकाको सबैभन्दा अग्लो चन्द्रागिरी डाँडाबाट देखिने हिमश्रृङ्खलाका दृष्यले त्यहाँ पुग्ने कसलाई मन्त्रमुग्ध नबनाउला र?
 |  बुधबार, पुस ९, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, पुस ९, २०७६

काठमाडौं- चिसो मौसम अनि टलक्क टल्केका हिमश्रृङ्खला। काठमाडौंको पश्चिमतर्फ अवस्थित उपत्यकाको सबैभन्दा अग्लो चन्द्रागिरी डाँडाबाट देखिने हिमश्रृङ्खलाका दृष्यले त्यहाँ पुग्ने कसलाई मन्त्रमुग्ध नबनाउला र?

National life

ती दृष्य नियाल्दै गर्दा राजु लामाको गीत 'तिमीलाई देखेर हिमाल हाँसेको...' गुनगुनाउन मन लाग्छ। आकाश खुल्दा यहाँको उचाइबाट उत्तरतिरका हिमाल लहरै देख्‍न सकिन्छ।

त्यसैले त स्वदेशी तथा विदेशी पर्यटक तथा नेपालको निमन्त्रणामा आउने विदेशी पाहुनाहरु पनि एकपल्ट चन्द्रागिरी पुग्ने गर्छन्। यहाँबाट देखिने मनास्लु, गणेश, लाङटाङ हिमालको सुन्दर दृश्यले यहाँ पुग्ने सबैको मन छुन्छ।

थानकाेटबाट चन्द्रागिरी डाँडामा केबलकारबाट १३ मिनेटमा पुगिन्छ। चन्द्रागिरीको उचाइ २५५१ मिटर छ। यो क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण छ। यहाँ भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ।

यो क्षेत्र प्राकृतिक सौन्दर्यको अनुपम स्थल हो। यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ। क्षण-क्षणमै बदलिने यहाँको मौसमले विविधता थप्छ। गोरखाका राजा पृथ्वीनारायण शाहले चन्द्रागिरीबाट काठमाडौं उपत्यका हेर्दा यहाँको राज्यलाई आफ्नो बनाउने इच्छा गरेको इतिहास छ। 

Shivam cement

तस्बिर : दिनेश/नेपाल समय

प्रकाशित: Dec 25, 2019| 09:40 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।