बिहीबार, जेठ २१, २०८३

दैलेखमा समाजवादीका अध्यक्षलाई एमालेको जिम्मेवारी

एमाले दैलेखले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बरुननाथ योगीलाई एमालेको जिम्मेवारी दिएको छ। एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रहसहितको पत्र लेखेका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

सुर्खेत- एमाले दैलेखले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बरुननाथ योगीलाई एमालेको जिम्मेवारी दिएको छ। एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रहसहितको पत्र लेखेका छन्। 

National life

केन्द्रीय कमिटी बैठकले एमालेका सम्पूर्ण संरचना जेठ २ गतेको अवस्थामा फर्काएको हुँदा योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरिएको छ। ‘भदौ १० गतेको केन्द्रीय कमिटी बैठकले मातहतका सबै कमिटीहरू २०७५ जेठ २ गतेकै संरचनामा कायम गर्ने निर्णय गर्‍यो। २०७८ साल भदौ १७ गतेको जिल्ला कमिटी सचिवालय बैठकले केन्द्रको उक्त निर्णय लागू गर्ने जनाएको छ',  एमाले दैलेखका अध्यक्ष शर्माले योगीलाई पठाएको पत्रमा भनिएको छ। 

पत्रमा एमालेले यसअघि गरेको सम्पूर्ण कारबाहीहरू पनि निष्कृय गरिएको उल्लेख छ। उनलाई भदौ २४ गतेभित्र कमिटीको बैठकगरी पार्टीको सदस्यता नविकरणलगायतका काम गरेर जिल्ला कमिटीमा प्रतिवेदन पेश गर्नसमेत भनिएको छ। 

‘कमरेडले मिति २०७८ भदौ २४ गतेभित्र कमिटीको बैठकगरी पार्टीको सदस्यता नविकरणलगायतका अन्य कामलाई सम्पादन गरी जिल्ला कमिटीमा प्रतिवेदन प्रस्तुत गर्नुहुने छ भन्ने विश्वासका साथ यो जिम्मेवारी पत्र पठाइएको छ,’ पत्रमा भनिएको छ।

एमालेको नवौं महाधिवेशनमा दैलेखको उपाध्यक्षमा पराजित योगी तत्कालीन नेकपाको जिल्ला कमिटी सदस्य थिए। एमालेभित्रको विवाद् उत्कर्षमा पुगेकै बेला बैशाख १३ गते उनको नेतृत्वमा एमालेले समानान्तर कमिटी गठन गरेको थियो। माधवकुमार नेपाल एमालेबाट छुट्टिएपछि समानान्तर कमिटी समाजवादीमा विलए भएको थियो।

Shivam cement



प्रकाशित: Sep 03, 2021| 12:10 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।