बिहीबार, वैशाख ३१, २०८३

'छपाक' विरुद्ध मुद्दा परेपछि तनावमा दीपिका

फिल्म जनवरी १० मा रिलिज हुँदै छ । तर रिलिज हुनुअघि नै फिल्म कानुनी विवादमा फसेको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

 

National life

अभिनेत्री दीपिका पादुकोण निर्देशक मेघना गुलजारका साथ फिल्म ‘छपाक’ को प्रचारमा व्यस्त छिन्।

फिल्म जनवरी १० मा रिलिज हुँदै छ । तर रिलिज हुनुअघि नै फिल्म कानुनी विवादमा फसेको छ।

फिल्मको कथा नै चोरेको आरोप लागेको छ। यसविरुद्ध लेखक राकेश भारतीले मुम्बई उच्च अदालतमा मुद्दा हालेका छन्। राकेशले फिल्मको कथा आफूले लेखेको कथासँग मिल्ने दाबी गरेका छन्।

सन् २०१५ मा उनले इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसनमा दर्ता यो कथा दर्ता गरेका थिए। उनले त्यति बेला फिल्मको नाम ‘ब्ल्याक डे’ राख्ने सोचेको बताएका छन्। उनी विगत चार वर्षदेखि यो स्क्रिप्टमा काम गर्दै आएका थिए।

भारतीका वकिल अशोक सरोगीका अनुसार राकेशले मेघना गुलजार र फक्स स्टार स्टुडियोजले उनकै आइडियामा फिल्म बनाइरहेको गुनासो निर्मातासँग गरेका थिए।

तर निर्माताले चासो नदेखाएपछि उनी न्यायालय गएका हुन्। मुद्दामा डिसेम्बर २७ मा सुनुवाइ हुँदै छ। मुद्दा परेपछि दीपिका यतिबेला तनावमा छिन्।

यस्तो छ ट्रेलर

प्रकाशित: Dec 24, 2019| 06:49 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्