बिहीबार, वैशाख ३१, २०८३

यी हुन् वास्तविक जीवनकी रापुञ्जेल

लामा लामा केश भएकी एउटी परी, रापुञ्जेलको कथा सायद धेरैलाई याद होला।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

एजेन्सी- लामा लामा केश भएकी एउटी परी, रापुञ्जेलको कथा सायद धेरैलाई याद होला।

National life

आफूलाई माया गर्ने एउटा राजकुमारलाई आफू थुनिएको एउटा अग्लो घरको कोठामा आफ्नो केशको भर्याङ बनाएर तानेको, यस्तै यस्तै।

यो जर्मन लोक कथामा धेरैले याद गर्ने कुरा भने एउटी रहस्यमयी परीको लामो केशको कहानी नै हो।

युक्रेनमा यस्तै रापुञ्जेल फेला परेकी छन्। ३४ वर्षीया एलेना क्राभ्चेलेन्को युक्रेनको ओडेसामा जन्मिएकी हुन्।

उनको झण्डै ६ फिट लामो केशका कारण अहिले विश्वभर चर्चित बन्दै छन्।

उनले यति लामो केश बनाउन मेहनत भने निक्कै गर्नुपर्छ। नियमित नुहाउन कठिन छ, किनकी नुहाउन कम्तीमा १ घण्टाको समय निकाल्नुपर्छ।

उनी आफ्नो केशकै कारण प्रख्याती बढ्दै गएको प्रति भने निकै खुशी छन्।

हाल उनको इन्स्टाग्राममा १३ हजार भन्दा बढी फ्लोअर छन्। जसले उनका केशको खुलेर प्रशंसा गरिरहेका छन्।

कतिपय फ्लोअरले भने उनको बाल छुन, सुँघ्न मन भएको कमेन्टस् गर्ने गरेका छन्।

उनले आफ्नो केशलाई गरिएको माया देखेर केशको अझै संरक्षण गर्ने र झनै लामो बनाउने रहर जागेको छ।

प्रकाशित: Dec 23, 2019| 11:55 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्