बिहीबार, वैशाख ३१, २०८३

सलमान र सन्‍नी लियाेनी सबैभन्दा बढी खोजिए

सलमान खान र सन्‍नी लियोन सबैभन्दा बढी इन्टरनेटमा खोजिएका सेलीब्रेटीमा परेका छन् ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

सन् २०१९ अब एक सातामात्र बाँकी छ। विभिन्न क्षेत्रमा गत वर्ष गरिएको कामको समीक्षा हुन थालेको छ।

National life

मनोरञ्जनको दुनियाँ बलिउडमा पनि कुनै फिल्मले बक्स अफिसमा धमाका मच्चाए र कुन फिल्म फ्लप भए, कुन नायिकाले धेरै कमाए र कुन नायिका पछाडि परे भनेर ‘रिभ्यु’ हुन थालेकाे छ।

यस्तै बलिउडमा कुन कुन सेलिब्रेटीको बढी खोजी भयो भनेर पनि समीक्षा गरिएको छ। इन्टरनेटमा सर्च गरिएका आधारमा यसको नतिजा सार्वजनिक गरिएको हो।

‘इयर इन रिभ्यु २०१९’ नतिजाअनुसार सलमान खान र सन्‍नी लियोनी सबैभन्दा बढी खोजिएका सेलीब्रेटीमा परेका छन् । सबैभन्दा बढी खोजिएको सूचीमा अमिताभ बच्चन दोस्रो नम्बरमा छन् भने अक्षय कुमार तेस्रोमा छन्। 

महिला सेलीब्रेटीको सूचीमा सन्नीपछि प्रियंका चोपडा र दिपिका पादुकोण क्रमश: दाेस्राे र तेस्राे भएका छन्। नायक ऋतिक रोशन सन् २०१९ को पुरुष स्टाइल आइकन बनेका छन्।

सारा अलि खान नायिकातर्फ स्टाइल आइकन बनिन् । अमिर खान अभिनित फिल्म दङ्ग‍ललाई दशककै ठूलो ब्लकबस्टर भनिएको छ। फिल्मले २ हजार करोड भारतीय रुपैयाँ कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‍-

प्रकाशित: Dec 23, 2019| 10:57 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्