सोमबार, भदौ १, २०८३

३० करोड आइफोन ह्याक गरेर ८५ लाख फिरौती माग !

एक २२ वर्षीय युवक ३० करोड वटा आइफोन ह्याक गरेर फिरौती माग गरेको मुद्दामा दोषी पाइएका छन्।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

एजेन्सी- एक २२ वर्षीय युवक ३० करोड वटा आइफोन ह्याक गरेर फिरौती माग गरेको मुद्दामा दोषी पाइएका छन्।

३० करोड सेट आइफोन ह्याक गरी सबै आइफोनको फ्याक्ट्री रिसेट गरिदिने धम्की दिने व्यक्तिलाई अदालतले दोषी ठहर गरेको हो।

उनले ती आइफोन सेटको आई क्लाउड अकाउन्टको डिटेल हासिल गरेका थिए। त्यसपछि उनले फिरौतीका लागि आइफोनको फ्याक्ट्री रिसेट गर्ने धम्की आइफोन कम्पनीलाई दिएका थिए।

केरेम अलबायरक नामका ती युवकले आइफोन ह्याक गरेर ७५ हजार डलर अर्थात् झण्डै ८५ लाख रुपैयाँ फिरौती माग गरेका थिए।

उनले ७५ हजार डलरको सट्टा १ लाख डलर बराबरको आई ट्युन गिफ्ट कार्ड दिए पनि हुने विकल्पसमेत आइफोनन निर्माता कम्पनी एप्पललाई पेस गरेका थिए।

उनी ह्याकरहरुको समूह ‘टर्की क्राइम फ्यामिली’ सदस्य भएको पुष्टि भएको छ।

ती ह्याकरलाई लन्डनको साउथवार्क क्राउन अदालतले गत हप्ता २ वर्ष जेल, ३०० घण्टा विना पारिश्रमिक काम र ६ महिना विद्युतीय उपकरणमा काम गर्न नपाउने गरी फैसला सुनाएको छ।

अलबायरकसँग आई क्लाउडका ३१९ र थुप्रै एप्पल अकाउन्ट रहेको पाइएको छ।

उनी सन् २०१७ को मार्चमा लन्डनस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। उनको साथबाट प्रहरीले केही आईफोन, कम्युटर तथा हार्ड डिस्कहरु बरामद गरेको थियो।

प्रकाशित: Dec 23, 2019| 10:49 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।