बिहीबार, वैशाख ३१, २०८३

निर्मला पन्त घटनामा आधारित चलचित्र 'कोपिला'को ट्रेलर सार्वजनिक

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आधारीत रहेर निर्माण गरिएको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आधारीत रहेर निर्माण गरिएको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ।

National life

शुक्रबार ओएसआर डिजिटलले ट्रेलर सार्वजनिक गरेको हो। चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ। बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रको ट्रेलरमा देखाइएको छ। ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई चित्रित गरिएको छ। लामो समयसम्म न्यायका लागि भौतारिए पनि परिवारलाई प्रहरी-प्रशासन तथा राजनीतिक दल र सरकारले दिएको आश्वासनलाई मुख्य विषयवस्तु बनाइएको छ।

चलचित्रको रिलिज डेट भने सार्वजनिक गरिएको छैन। शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भूमिका निर्वाह गरेका छन्। गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन्।

हेर्नुस् ट्रेलर

प्रकाशित: Dec 21, 2019| 03:10 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्