बिहीबार, वैशाख ३१, २०८३

‘हाम्रो माया जिउँदै मर्‍यो’ एउटा भावुक गीत (भिडियाेसहित)

गायक सुरेन चन्द ठकुरीको ‘हाम्रो माया जिउँदै मर्‍यो’ आधुनिक गीत सार्वजनिक भएको छ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं- गायक सुरेन चन्द ठकुरीको ‘हाम्रो माया जिउँदै मर्‍यो’ आधुनिक गीत सार्वजनिक भएको छ।

National life

विजय विष्टको शब्द तथा गायक एवम् संगीतकार सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा रहेको गीत शुक्रबार युट्युब मार्फत् सार्वजनिक भएको हो।

सेन्टिमेन्टल फ्लेबरको यस गीतको म्युजिक एरेन्जमेन्ट रकेश वलीले गरेका छन्।

गीतको म्युजिक भिडियोमा करिष्मा श्रेष्ठ, सुजन भट्टराई र अभि सुनारको अभिनय रहेको छ।

म्युजिक भिडियोको छायांकन रोहित विक्रम कार्कीले गरेका छन् भने पदम सुवेदीले सम्पादन गरेका छन्।

म्युजिक भिडियोलाई संगीत सागरले निर्देशन गरेका छन्।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा तयार भएको गीत रोमान्स नेपालको युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ।

 

प्रकाशित: Dec 20, 2019| 12:42 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्