बिहीबार, कात्तिक २७, २०८२

३३ वर्षपछि बुवासँग भेट गर्दाको खुसी

‘पाँच वर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानुभएको थियो रे। त्यसपछि कहिल्यै देख्न पाएको थिइनँ। मैले त सोचेकै थिइनँ, बाबासँग भेट हुन्छ भनेर। म आज ज्यादै खुसी छु। यसका लागि कैलाली प्रहरीलाई धन्यवाद दिन चाहन्छु।'
 |  शुक्रबार, भदौ १८, २०७८

भीम चौधरी

भीम चौधरी

शुक्रबार, भदौ १८, २०७८

धनगढी– बुवाले घर छाड्दा जानकी गाउँपालिका–७ टिकलीगढका रामबहादुर डगौरा पाँच वर्षका थिए। परिवारका अन्य अभिभावकसँग उनी हुर्किंदै गए। बुवाको याद पनि हराउँदै गयो। आज आउलान् भोलि आउलान् भन्दाभन्दै परिवारका सदस्यले पनि लोकुनलाई भुल्दै गए।

National life

पारिवारिक जिम्मेवारी सम्हाल्दै रामबहादुर ३८ वर्षका भए। बुवाको अनुपस्थितिमा अनेक हन्डर सहँदै उनी अघि बढिरहे। उनले बेपत्ता भएका बुवाका बारेमा सोच्नसम्म छाडेका थिए। तर बेलाबेलामा सम्झन्थे, बुवा कहाँ हुनुहोला? यसको उत्तर कसले दिनु र? किनकि उनका बुवा जीवित छन् भन्नेबारे कमैले सोचेका थिए। तर जब बिहीबार रामबहादुरले बुवालाई भेटे त्यसपछि उनको जीवनमा अपूर्व खुसी भित्रिएको छ।

३३ वर्षदेखि बेपत्ता कैलालीका लोकेन्द्र भनिने लोकुन डगौरा (६२) बिहीबार घर फर्किएका छन्। उनलाई कैलाली प्रहरीले परिवारसँग पुनर्मिलन गराएको हो। लोकुन ३३ वर्षअघि कामको सिलसिलामा भारतको सिमला गएका थिए। त्यसपछि उनी घर फर्केका थिएनन् भने परिवारको सम्पर्कमा पनि थिएनन्। कैलाली प्रहरीको संक्रियतामा उद्धार गरेर लोकुनका छोरा रामबहादुरलाई जिम्मा लगाएको हो। 

‘पाँच वर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानुभएको थियो रे। त्यसपछि कहिल्यै देख्न पाएको थिइनँ। मैले त सोचेकै थिइनँ, बाबासँग भेट हुन्छ भनेर। म आज ज्यादै खुसी छु। यसका लागि कैलाली प्रहरीलाई धन्यवाद दिन चाहन्छु।'

कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले अबिर लगाएर खादा ओढाई लोकुनका छोरा रामबहादुरलाई हस्तान्तरण गरे। ३३ वर्षपछि बाबासँग भेट भएपछि छोरा रामबहादुरसँगै परिवार नै हर्षित भएको छ। रामबहादुरले भने, ‘पाँच वर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानुभएको थियो रे। त्यसपछि कहिल्यै देख्न पाएको थिइनँ। मैले त सोचेकै थिइनँ, बाबासँग भेट हुन्छ भनेर। म आज ज्यादै खुसी छु। यसका लागि कैलाली प्रहरीलाई धन्यवाद दिन चाहन्छु।'


Laxmi sunrise bank
kumari

लोकुन भारत जाँदा उनकी पत्नी गर्भवती थिइन्। त्यसपछि जन्मिएको छोरी पनि बुवालाई देख्न पाउँदा खुसीले गद्गद भएकी छन्। उनले पनि पहिलो पटक बाबालाई जिल्ला प्रहरी कार्यालय भेटेपछि ज्यादै खुसी लागेको बताइन्।

यसरी सम्भव भयो पारिवारिक पुनर्मिलन

भारतका सन्दीप यादवले भदौ ९ गते बेलुका ६ बजेतिर भारत गयास्थित नेशनल हाइवेमा लोकुनलाई फेला पारी घर लगेछन्। उनले घरमा राखेर सोधपुछ गरेपछि नेपालमा सम्पर्क गरे। तर, लोकुन १० गते बिहान घरबाट निस्किएछन्। सन्दीपले फर्काएर घर लगे। भदौ ९ गते नै प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक अशोक सिंहले गृह मन्त्रालयमार्फत लोकेन्द्र भनिने लोकुन डगौरा भारतमा फेला परेको जानकारी पाए। 


लोकुनले ठेगाना कैलाली जिल्ला बताएको खबर प्राप्त गर्नेबित्तिकै सिंहले कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई फोन गरे। त्यसपछि भारत बिहार राज्य गया जिल्ला बाराचट्टीका सन्दीप यादमार्फत लोकुन डगौरासँग सम्पर्क स्थापित भयो। अधिकारीले लोकुनसँग भिडियो कल गरे। लोकुनले आफ्नो घर कैलालीको मुनुवा हो भन्ने बताएपछि फोटोसहित घर तथा आफन्त पत्ता लगाउन इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी परिचालन भयो।

घर ठेगाना र आफन्तको एकिन भएपछि लोकुनलाई भारतीय प्रहरी र सन्दीप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा झिकाइयो। लामो समयदेखि भारतमा बेपत्ता लोकुनले नेपाली बोल्न बिर्सिएका छन्। सबै कुरा स्मरण गर्न र प्रकट गर्न सक्ने अवस्थामा छैनन्। छोरा रामबहादुरले बाबालाई नेपाली र मातृभाषा बोल्न सिकाउने बताएका छन्।

प्रकाशित: Sep 03, 2021| 06:25 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।