शनिबार, चैत ११, २०७९

रुपन्देही कांग्रेसमा वडासम्मै दुई प्यानल

बुटवल उपमहानगरपालिकामा वडामा कांग्रेसमा नेतृत्वको आकांक्षी धेरै भएपछि प्यानलअनुसार चुनाव हुने सम्भावना देखिएको छ। तर, नगर सभापति खेलराज पाण्डेले भने सहमतिमै नेतृत्वको छिनोफानो गर्ने दाबी गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, भदौ १७, २०७८

बुटवल– नेपाली कांग्रेसको १४ औं महाधिवेशनले पार्टीभित्रको दुई धारलाई वडा तहसम्म पुर्‍याइदिएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताकार्यकर्ता विभाजित भएर उम्मेद्वारी दिने तय भएको छ।  रुपन्देहीमा वडातहसम्म विभाजित भएर उम्मेद्वार घोषणा गरेका छन्। 

National life insurance

भदौ १८ गते वडा स्तरको निर्वाचन हुने भएपछि ठाउँठाउँमा उम्मेदवार घोषणा सुरु भएको छ।  रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै स्थानीय तहका वडासम्म महाधिवेशनको चहलपहल छ। 

रुपन्देहीका १ सय ५५ वटै वडामा कांग्रेस केन्द्रमा देखिएको दुई प्यानलमा कार्यकर्ता विभाजित भएका छन्। बुटवलको वडा नं. ११ मा देउवा पक्षबाट दुर्गाबहादुर खत्री र पौडेल पक्षबाट जितबहादुर मल्लले उम्मेदवारी घोषणा गरेका छन्। अन्य वडामा समेत नेताकार्यकर्ता विभाजित छन्। सभापति देउवा निकट नेता बालकृष्ण खाँणको गृहजिल्ला भएकाले यहाँ पौडेल पक्षलाई कमजोर बनाउन देउवा पक्ष लागिपरेको छ। 

बुटवल उपमहानगरपालिकामा वडामा कांग्रेसमा नेतृत्वको आकांक्षी धेरै भएपछि प्यानलअनुसार चुनाव हुने सम्भावना देखिएको छ। तर, नगर सभापति खेलराज पाण्डेले भने सहमतिमै नेतृत्वको छिनोफानो गर्ने दाबी गरेका छन्।

कांग्रेस रुपन्देहीले १ सय ५५ वटै वडा सभापति, पालिका, क्षेत्रीय सभापतिलाई प्रशिक्षण दिँदै अधिवेशनमा होमिन निर्देशन दिएको छ। रुपन्देहीका सभापति अब्दुल रज्जाकले वडा तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले नेतृत्व सर्वसम्मत बनाउने गरी प्रयत्न गरिएको बताए। ‘इच्छा राख्न पाइन्छ तर, विभाजित हुन दिँदैनौं’, उनले भने।

बुटवल उपमहानगरपालिकामा वडामा कांग्रेसमा नेतृत्वको आकांक्षी धेरै भएपछि प्यानलअनुसार चुनाव हुने सम्भावना देखिएको छ। तर, नगर सभापति खेलराज पाण्डेले भने सहमतिमै नेतृत्वको छिनोफानो गर्ने दाबी गरेका छन्। ‘सकभर सहमतिमै वडाको अधिवेशन टुग्याउँछौं’, उनले भने। 

worldlink

रुपन्देहीमा करिब २३ हजार कांग्रेसका क्रियाशील सदस्य छन्। केन्द्रबाट जिल्ला स्तरको निर्वाचन सम्पन्न गर्न भेषराज घिमिरे खटिएका छन। उनले सहमति नभएमा निर्वाचन गर्ने गरी तयारी गरेको बताए। 

निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ÷नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ। 

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा गर्ने तयारी छ।

प्रकाशित: Sep 02, 2021| 06:05. 12 बिहीबार, भदौ १७, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।