बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ सरकार अल्पमतमा परेपछि विपक्षी गठबन्धन छलफलमा

प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले छलफल सुरु गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

विराटनगर– प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले छलफल सुरु गरेका छन्।  गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक राष्ट्रिय मञ्चको संयुक्त बैठक केही बेरमा बस्दैछ।

triton college

नेकपा एमाले छाडेर १० सांसदले नेकपा समाजवादी रोजेपछि एमाले नेता भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहने भएका छन्। 

९२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन्। राप्रपाबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध छन् । गठबन्धनको पक्षमा बहुमत पुग्ने देखिएको छ। 

विपक्षी दलले एमाले नेतृत्वको सरकार अल्पमतमा परेकाले आगामी दिनमा चाल्ने कदमको विषयमा छलफल गर्न बैठक बस्न लागिएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।

प्रकाशित: Sep 02, 2021| 15:15 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।