सोमबार, फागुन १८, २०८२

मोटरसाइकल दुर्घटनामा कोभिड खोप बोकेका अहेवको मृत्यु

जाजरकोटमा मोटर साइकल दुर्घटनामा परी सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

kumari

सुर्खेत- जाजरकोटमा मोटर साइकल दुर्घटनामा परी सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको छ। स्वास्थ्य चौकी भुरपोखराबाट कोरोनविरुद्धको खोप लिएर वडा नं. ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याउली जाँदै दुर्घटनामा परेका थिए।

बुधबार बेलुकी भेरी नगरपालिका-८ र ९ को सिमानामा पर्ने झुप्राखोला भीरमा मोटरसाइकल दुर्घटनामा परेको थियो। स्याउलीमा बिहीबारदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदै थियो। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार मृतक कार्कीले प्रयोग गरेको प्रदेश ०२००१ प ३४३६ नम्बरको मोटरसाईकल सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। भेरी नगरपालिका-८ गिमाका ३७ वर्षीय मृतक कार्की आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याउलीका इन्चार्ज समेत थिए।

प्रकाशित: Sep 02, 2021| 14:41 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।