बिहीबार, भदौ ४, २०८३

यौन दुर्व्यवहार गरेको अभियोगमा डेढ वर्ष कैद सजाय

जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

संखुवासभा- जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा  डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ।  संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका –१ का ३६ वर्षीय तिलक भन्ने आकाश राईलाई नगद क्षतिपूर्तिसहित एक वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो। 

अदालतले आरोपित राईविरुद्ध एक वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्तिसहित १६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए।

पीडित पक्षको उजुरीका आधारमा राईलाई प्रहरीले २० फागुनमा पक्राउ गररेको थियो।  राईले १९ फागुनमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले २० फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।      -न्युज कारखाना

प्रकाशित: Sep 02, 2021| 14:35 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।