सोमबार, भदौ १, २०८३

भारतीय अतिक्रमणबारे सीमामा बहस

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

भैरहवा– नेपाल–भारत सीमा बेलहियादेखि करिब तीन किलोमिटर दूरीमा रहेको भैरहवामा शनिबार भारतीय हस्तक्षेपविरुद्ध गहन छलफल भएको छ । काठमाडौंको माइतीघर मण्डलदेखि लिएर देशका विभिन्न स्थानमा भारतीय हस्तक्षेपको विरुद्ध आन्दोलन चलिरहँदा सीमा क्षेत्रमा भने पहिलो पटक बौद्धिक बहस भएको हो ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयलाई लिएर सर्वपक्षीय छलफल सुरु गरिएको राष्ट्रिय जनमोर्चाका स्थानीय नेता नेत्र आचार्यले बताए । इतिहास तथा सीमाका जानकार, विभिन्न राजनीतिक दलका नेताहरु, पत्रकार तथा नागरिक समाजका अगुवाहरु सहभागी उक्त कार्यक्रममा राजमोका केन्द्रीय सदस्य मनोज भट्टले कार्यपत्र प्रस्तुत गर्दै नेपालको राष्ट्रियता गम्भिर खतरामा भएको बताए । भारतको साम्राज्यवादी चरित्र उजागर भएको भन्दै उनले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता रक्षाका लागि सबैको एकता अनिवार्य भएकोमा पनि जोड दिए ।

कार्यक्रममा प्राध्यापक डा. गितु गिरी, सीमाका जानकार विजय सागर, नेपाली कांग्रेसका नेता दिपक क्षेत्री न्यौपाने, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, नेकपा वैद्य समूहका आरपी शर्मा, नेकपा मालेका गोपालमणि गौतम, राजमोका नेता बद्री आलम लगायतले टिप्पणी गर्दै भारतीय हस्तक्षेपविरुद्ध कूटनीतिक तवरले अगाडि बढ्नुपर्ने बताए । कार्यक्रमले भारतीय हस्तक्षेपको सबै नेपालीले डटेर सामना गर्नुपर्ने निष्कर्ष निकालेको राजमो रुपन्देही सचिव टानबहादुर खत्रीले बताए ।

राजमो रुपन्देहीको संयोजनमा सीमाबारे बहस भएको हो । केही हप्ता पहिले दशगजामै पुगेर नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले भारतीय हस्तक्षेप विरुद्ध सबै नेपाली एक हुनुपर्ने अभिव्यक्ति दिएपछि भारतीय सञ्चारमाध्यमले नेपालमा भारत विरोधी अभियानको नेतृत्व मुसलमानले गरेको लेखेका थिए ।

प्रकाशित: Dec 08, 2019| 08:32 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।