मंगलबार, भदौ २, २०८३

दिनको ९ घण्टा सुत्नुस्, तलब १ लाख भारु

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

भारतको एक कम्पनीले सुतेरै तलब पाउन सकिने जागिरको अफर ल्याएको छ। बैंगलोरस्थित अनलाइन स्लिप सोलुसन नामक कम्पनीले यो अनौठो अफर ल्याएको हो। यो अफरको नाम ‘वेकफिट स्लिप इन्टर्नसिप’ दिइएको छ। यसमा सहभागी भएर मासिक एक लाख भारुसम्म कमाउन सकिन्छ।

दिनमा ९ घण्टा सुतेपछि तलब पाक्ने उक्त कम्पनीले बताएको छ। यो अफर दिन कम्पनीले केही व्यक्तिमात्र छनोट गर्नेछ। छनोटमा परेका मानिसलाई कम्पनीले नै सुत्ने ओछ्यान उपलब्ध गराउनेछ।

छनोट भएको व्यक्तिले आफ्नो निद्रा कस्तो भयो भनेर हरेक दिन कम्पनीमा रिपोर्ट गर्नुपर्नेछ। कम्पनीको नियमअनुसार छनोट भएका मानिसले एक सय दिनसम्म दिनहुँ ९ घण्टा अनिवार्य रुपमा सुत्नुपर्नेछ। अर्थात् दिनहुँ ९ घण्टासम्म सुत्न नभ्याउनेले यो अफरमा सहभागी हुन पाउने छैनन्।

सुत्नका लागि कम्पनीको कार्यालयमै जानुपर्छ भन्ने पनि छैन। कम्पनीले दिएको विशेष ओछ्यान आफ्नै घरमा लगेर सुत्न पाइनेछ। तर नसुतीकनै सुतेको नाटक गर्न पाइनेछैन। किनकी कम्पनीले स्मार्ट चिपको प्रयोग गरी निगरानी गरिरहेको हुनेछ।

एजेन्सी

प्रकाशित: Dec 05, 2019| 08:24 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।