सोमबार, भदौ १, २०८३

खोप लगाउँदा शिशुको मृत्यु

डोटीमा खोप लगाउँदा एक शिशुको मृत्यु भएको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

डोटी- डोटीमा खोप लगाउँदा एक शिशुको मृत्यु भएको छ।

जोरायल गाउँपालिका–१ घण्टेश्वर स्वास्थ्य चौकीमा खोप लगाएपछि स्थानीय एक चार महिने शिशुको मंगलबार मृत्यु भएको हो ।

खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाती प्रविणको मृत्यु भएको मल्लले जानकारी दिए। उनले खोपकै कारण नातीको ज्यान गएको दाबी गरेका छन्।

मंगलबार दिउसो २ बजे खोप लगाएर प्रविणलाई घर लगिएकोमा राति सुतेकै अवस्थामा मृत्यु भएको थियो। उनलाई डीपीटी पेण्टा खोप लगाएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

उनले शिशुको मृत्यु खोपकै कारणले भएको हो या अन्य कारणले हो भन्ने अहिले नै भन्न नससिकने बताए।

शिशुको पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने मलासीले बताए। पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा डाक्टर नभएपछि शव धनगढी लगिएको छ।

प्रकाशित: Dec 04, 2019| 11:35 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।