बिहीबार, भदौ ४, २०८३

अध्ययन विदामा भन्दै हराएका कर्मचारी खोज्दै सरकार

सरकारले निजामति कर्मचारीलाई अध्ययन विदाको सुविधा दिने गरेको छ। सोही सुविधाको उपभोग गर्दै सरकारी कर्मचारी एक वर्ष भन्दा बढी समय विदामा बस्न पाउँछन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- सरकारले निजामति कर्मचारीलाई अध्ययन विदाको सुविधा दिने गरेको छ। सोही सुविधाको उपभोग गर्दै सरकारी कर्मचारी एक वर्ष भन्दा बढी समय विदामा बस्न पाउँछन्। 

अध्ययन विदा भन्दै आफू कार्यरत सरकारी निकायबाट एक वर्ष भन्दा बढी अवधिको विदा लिएर विदेश जान्छन्। उतै सेटल हुन्छन्। त्यसैको उदाहरण हुन्, खानी  तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर। 

उनले अध्ययन विदा भन्दै २०६७ साल जेठ १८ मा अन्तिम पटक एक वर्षका लागि विदा लिएका थिए। उनी त्यसयता कार्यालयमा हाजिर भएका छैनन्। उनी त्यसभन्दा अघि पनि २०६६ साल जेठ १८ गतेदेखि एक वर्षका लागि विदामा बसेका थिए। 

पछिल्लो पटक एक वर्षका लागि विदा लिएर गायब भएका उनै ठाकुरलाई सरकारले खोजिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै उनको खोजि गरिरहेको हो। मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए ३० दिनभित्र स्पष्किरण पेश गर्न जानकारी गराइएको बिहीबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Sep 02, 2021| 09:30 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।