बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँमा चार महिनापछि विद्यालय खुले, भौतिक उपस्थितिमै पठनपाठन

तनहुँमा चार महिनापछि विद्यालय खुले, भौतिक उपस्थितिमै पठनपाठन

गत वैशाबाट बन्द तनहुँका विद्यालय खुल्न थालेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

तनहुँ- गत वैशाबाट बन्द तनहुँका विद्यालय खुल्न थालेका छन्। सहरका विद्यालयमा अनलाइन कक्षा चले पनि गाउँका विद्यार्थी पढाइबाट वञ्चित बनेकामा चार महिनापछि बल्ल विद्यालयमा पढाइ सुरु भएको हो।

तनहुँका १० मध्ये ब्यास, भानु र शुक्लागण्डकी नगरपालिका तथा ऋषिङ र घिरिङ गाउँपालिकाका विद्यालयले भौतिक रूपमै कक्षामा विद्यार्थी राखेर पठनपाठन थालेका हुन्। यहाँ आइतबारबाट विद्यालय खुले पनि धेरैजसोमा मंगलबारदेखि  कक्षा सञ्चालन भएका हुन्।

स्वास्थ्यको मापदण्ड पालना गरी कक्षा चलाएको शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयका प्रधानध्यापक धुर्व वाग्लेले जानकारी दिए। ‘विद्यार्थी विद्यालय प्रवेश गर्नु अघि ज्वरो नाप्छौँ। मास्क अनिवार्य गरिएको छ। सेनिटाइजर लगाएपछि मात्र कक्षा कोठामा प्रवेश गर्न दिएका छ,’ उनले भने।  

एउटा बेन्चमा दुई विद्यार्थी राख्ने गरिएको छ। कक्षामा २५ भन्दा बढी विद्यार्थी राखिएको छैन। १ देखि पाँच कक्षासम्मका विद्यार्थीलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र  ६ देखि १० कक्षाका विद्यार्थीलाई दिउँसो १ देखि ४ बजेसम्म आलोपालो गरेर विद्यालय चलाएको उनले बताए। 

शुक्लागण्डकी नगरपालिकामा विद्यालय खुले पनि पृथ्वी राजमार्गसँग जोडिएका बजार क्षेत्रका झण्डै आधा दर्जन विद्यालय बन्द छन्। कोरोनाको जोखिम कायम रहेकाले बजार क्षेत्रका विद्यालय बन्द रहेको शिक्षा शाखा प्रमुख नवराज चापागाईँले बताए। विद्यालय नखुलेका स्थानीय तहमा पनि अनुमति मागिएको छ।  स्थानीय तहको निर्णय अनुसार विद्यालयमा पठनपाठन सुरु भए पनि  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले स्वीकृति दिएको छैन। -न्युजकारखाना

प्रकाशित: Sep 02, 2021| 08:50 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।